‘जैविक चियाको प्रयोगले ८० प्रतिशत रोग निको हुन्छ’ « Khabarhub

‘जैविक चियाको प्रयोगले ८० प्रतिशत रोग निको हुन्छ’


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कास्की- जैविक चियामा भिटामिन सी, इ र बी टु पाइने तथा ग्रीन टीमा फोलिक एसिड, बिटा व्यारोटिन क्याल्सियम, फस्फोरस, म्याग्नेसियम, जिङ्क कपर, एन्टी अक्सिडेन्ट आदि तत्व पाइने हुँदा यसको प्रयोगबाट शरीरमा स्फूर्तिका साथै स्मरण शक्ति विकास हुने बताइएको छ ।

पोखरामा जैविक चियाको महत्व र यसले मानव स्वास्थ्यमा पार्ने प्रभावबारेमा जानकारी दिन आयोजित ‘टि टक’ कार्यक्रममा वसन्त ट्रेडका सञ्चालक एवं अर्गानिक चिया व्यवसायी रवि पौडेलले यस बारेमा विविध जानकारी दिएका थिए  ।

‘टि टक’ कार्यक्रममा जैविक चिया विज्ञ एवं कञ्चनजङ्घा अर्थोडक्स चिया उद्योगका सञ्चालक हरि सिटौलाले चियाको उत्पत्ति र यसको विकास क्रमसँगै मानव स्वास्थमा यसको महत्वबारे जानकारी दिएका थिए ।

माइण्ड केमस्ट रिसर्च पर्सन सिटौलाले मानव मस्तिष्कमा जैविक चियाले उत्पन्न गराउने हर्मोन र त्यसले मस्तिष्कलाई कसरी सक्रिय र निष्क्रिय बनाउन भूमिका खेल्छ भन्नेबारेमा जानकारी दिए ।

कार्यक्रममा सहभागी ज्ञान गुरुङले सामान्य रुपमा बुझिने जैविक चियाका अनेक फाइदाबारे जानकारी लिन पाइएको बताए । उनले एउटै चियाको बोटबाट विविध खालका चिया कसरी तयार गर्ने त्यसको तयारी प्रक्रियाबारे जानकारी लिन सफल भएको बताए ।

फिटनेस सञ्चालक कृष्णा गुरुङले स्वस्थ्य मन र शरीरका लागि जैविक चियाका अनगिन्ती गुणबारे जानकारी लिन सफल भएको बताए । उनले भने, “हामीमा अझै जैविक चियाको महत्व थाहा छैन, यसका यति धेरै फाइदा रहेछन् । देशभित्रको उत्पादनले अन्तरराष्ट्रिय बजार लिइसक्दा पनि हामीले यसको महत्व बुझ्न सकेका रहेनछौँ ।”

उनले नेपालीमा अझै चिया पिउने परम्परागत संस्कृति भए पनि यसको वैज्ञानिक पद्धतिबारेमा जानकारी नभएको भन्दै यस्तो कार्यक्रमले जैविक चियाको महत्व उजागर गर्ने बताए ।

कार्यक्रम आयोजक पौडेलले सात वर्षदेखि जैविक र अर्धजैविक चियाको व्यवसाय गर्दै आएको र पछिल्लो समय नेपालीले जैविक चियाप्रति रुचि देखाएको बताए ।

“जुन अनुपातमा जैविक चियाको प्रयोग हुनुपर्ने हो, त्यो अझै भएको छैन ।” पौडेलले अहिले वसन्त चिया ट्रेड कन्सर्नमा चियाको मात्र ३० वटा जात उपलब्ध रहेको जानकारी दिए ।

“विभिन्न रोग लागेका व्यक्ति अहिले जैविक चिया प्रयोगबाट सञ्चो भएको भन्दै खोज्न आउने गरेका छन्”, उनले भने, जैविक चियाको राम्रोसँग प्रयोग गर्न जानियो भने शरीरको ८० प्रतिशत रोग निको हुन्छ ।”

कञ्चनजङ्घा अर्थोडक्स चिया उद्योगका अर्का सञ्चालक डम्बरबहादुर खत्री र जैविक चिया व्यवसायी युवराज दाहालले पनि जैविक चियाको महत्वबारे आआफ्ना धारणा राखेका थिए ।

 

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ८ : ३८ बजे

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा