दुई श्रीमतीको करले चोर समातियो « Khabarhub

दुई श्रीमतीको करले चोर समातियो


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना मानिसले विदेशबाट थुप्रै पैसा कमाएर ल्याएको थियो । यो कुरा एउटा चोरले थाहा पाएछ र ऊ त्यो पैसा चोर्ने विचारले साँझपख त्यो मानिसको घरनजिकै गएछ । अनि कतिखेर सुत्दा रहेछन् भनेर चियो गर्न थालेछ ।

त्यो मान्छेको दुईतले घर, आँगनमा चुलो, दुईवटी श्रीमती थिए । जेठीको सुत्ने कोठा घरको माथ्लो तला र कान्छीको तल्लो तलाको कोठामा थियो । भात खाइसकेपछि घरमूलीले सुत्न जाऊँ भन्यो । जेठीले माथि जौं भनी ।

घरमूली माथि जान खुड्किला चढ्न लाग्यो । त्यही बेला कान्छीले हात समाएर तल आउनू भनी । ऊ तल आउन लाग्यो । त्यही बेला जेठीले माथि आउनू भन्दै हात समाएर माथि तानी । कान्छीले तल तानी । जेठी माथि तान्छे, कान्छी तल । दुईतिरबाट तानातान हुँदाहुँदै तीनैजना भर्याङबाट खसे ।

चोरले तिनीहरुको हाल चाख मानेर हेरिरहेको थियो । ऊ खित्का छाडेर हाँस्यो । सबैले चोरचोर भनेर समाते र पुलिसकोमा पुर्‍याए ।

पुलिसको हाकिमले सोध्यो— ‘तँलाई के दण्ड दिऊँ ?’

चोरले भन्यो— ‘साप ! अरु जे दण्ड दिनुहुन्छ दिनुहोस् । तर, दुइटी श्रीमतीको श्रीमानचाहिँ नबनाइदिनुहोला ।’

पुलिस हाकिमले भन्यो— ‘किन ?’

चोरले भन्यो—‘दुइटी श्रीमती हुनेको लीला हेर्दा त मैले पक्राउ पर्नुपर्यो झन् आफ्नै दुइटी हुँदा मेरो के गति होला !’

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  १० : २६ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौं – नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

ढुक्क रहनुस्, रास्वपाकै नेतृत्वमा देश विकास हुन्छ : भूपदेव शाह

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

नेयमार विश्वकपको पहिलो खेलमै खेल्न सक्छन् : प्रशिक्षक एन्सेलोट्टी

टेरेसोपोलिस – ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस

काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

काठमाडौं – काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका