अबको शिक्षा सीपमूलक हुनुपर्छः मुख्यमन्त्री पौडेल | Khabarhub Khabarhub

अबको शिक्षा सीपमूलक हुनुपर्छः मुख्यमन्त्री पौडेल


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल सरकारले ९० प्रतिशत प्राविधिक शिक्षालाई जोड दिएको बताएका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानी पोखरामा रहेको महेन्द्रोदय माविको ६२औं वार्षिकोत्सवका अवसरमा विद्यालय पुनर्निर्माण गरिएको २० कोठे भवनको  उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले अबको शिक्षा सीपमूलक हुनुपर्नेमा जोड दिएका हुन् ।

उनले विद्यालयमा शिक्षकहरुले विद्यार्थीका लागि किताबका ज्ञानभन्दा गुणस्तरीय शिक्षा दिन आग्रह गर्दै शिक्षालाई प्राथमिकतामा राखेर विद्यालयका लागि आवश्यक खेलकूद मैदान बनाउन र खानेपानीको व्यवस्थापनका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा  सांसद खेम लोहनीले विकासका लागि शिक्षाको योगदान महत्वपूर्ण रहने धारणा राखेका थिए । पुनर्निर्माण गरिएकोे भवनको निर्माण मूल्य अभिवृद्धि कर(भ्याट)बाहेक रु सात करोड ३१ लाख लागतमा सम्पन्न भएको हो ।

विद्यालय भवनको पुनर्निर्माणका लागि जाइका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले सहयोग गरेको हो ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ९ : २० बजे

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १३७ मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा

विश्व एक्वेटिक्समा चार पौडी खेलाडी

काठमाडौं – सिङ्गापुरमा आयोजना हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार

एडीबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख

साताका समाचार : एमालेले छेक्यो विद्या भण्डारीलाई, तराई-मधेशमा चर्को खडेरी र युद्धमा उत्रिए थाइल्याण्ड र कम्बोडिया

पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन्