अबको शिक्षा सीपमूलक हुनुपर्छः मुख्यमन्त्री पौडेल « Khabarhub

अबको शिक्षा सीपमूलक हुनुपर्छः मुख्यमन्त्री पौडेल


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल सरकारले ९० प्रतिशत प्राविधिक शिक्षालाई जोड दिएको बताएका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानी पोखरामा रहेको महेन्द्रोदय माविको ६२औं वार्षिकोत्सवका अवसरमा विद्यालय पुनर्निर्माण गरिएको २० कोठे भवनको  उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले अबको शिक्षा सीपमूलक हुनुपर्नेमा जोड दिएका हुन् ।

उनले विद्यालयमा शिक्षकहरुले विद्यार्थीका लागि किताबका ज्ञानभन्दा गुणस्तरीय शिक्षा दिन आग्रह गर्दै शिक्षालाई प्राथमिकतामा राखेर विद्यालयका लागि आवश्यक खेलकूद मैदान बनाउन र खानेपानीको व्यवस्थापनका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा  सांसद खेम लोहनीले विकासका लागि शिक्षाको योगदान महत्वपूर्ण रहने धारणा राखेका थिए । पुनर्निर्माण गरिएकोे भवनको निर्माण मूल्य अभिवृद्धि कर(भ्याट)बाहेक रु सात करोड ३१ लाख लागतमा सम्पन्न भएको हो ।

विद्यालय भवनको पुनर्निर्माणका लागि जाइका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले सहयोग गरेको हो ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ९ : २० बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले