‘तोकिएको समयमा काम सम्पन्न नगर्नेलाई कारवाही’ « Khabarhub

‘तोकिएको समयमा काम सम्पन्न नगर्नेलाई कारवाही’


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारबाट सञ्चालित कुनै पनि योजना तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने निर्देशन दिए।

जोरायल गाउँपालिका वडा नं २ बुडरस्थित रामपुर माविमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकारको बजेटबाट जिल्लामा सञ्चालन भइरहेका सम्पूर्ण योजना तोकिएको समयमै सम्पन्न गरिसक्नुपर्ने बताए ।

उनले भने, ‘प्रदेश सरकारको बजेटबाट छनोट भएका योजनामा हामी कडा अनुगमन गर्दै छौं । तोकिएको समयमा काम नसके कारवाही गछौँ ।’

उनले बुडरको रामपुर माविमा रु ९८ लाख १४ हजारमा निर्माण भएको आठकोठे भूकम्प प्रतिरोधी भवनको समेत उद्घाटन गरेको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  १० : १० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना