१० लाख ठगी गर्ने पक्राउ « Khabarhub

१० लाख ठगी गर्ने पक्राउ


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- नेपाल प्रहरीले कैलालीको घोडाघोडी नगरपालिकाकी धनकला धामीलाई चिट्ठा परेको भनेर दश लाख चार हजार ठगी गरेको अभियोगमा सातलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ जिल्ला सुन्दर हरैचा नगरपालिकाका आइएमइ सञ्चालक इन्दिरा पुरी, मनमोहनबहादुर अधिकारी, विराटनगर सजिलो मनीट्रान्सफर सञ्चालक विश्वनाथ राजवंशी, रङगेली नगरपालिकाका भवेशकुमार मण्डल, र अब्दुल सलाम, भारतको बिहार प्रदेश अररिया जिल्लाका शतिष मण्डल र मोइसु रहेका छन् ।

पीडित धनकला धामीले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा यी व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो । सो समूहले धामीलाई विभिन्न मितिमा दश लाख चार हजार ठगी गरेको जनाइएको छ ।

यसैबीच भारतको दिल्लीस्थित देवनगरका विश्वेश्वर अग्रवालको कार्यालयबाट नगद तथा गरगहना चोरी गर्नमा संलग्न भनिएका व्यक्तिलाई कैलालीको गौरीगंगा नगरपालिका क्षेत्रबाट तीन दिन अघि भारु ६५ लाख पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारु रकम चोरी गर्ने भनिएका बाजुरा बुढिगंगाका जहरसिंह थापा,र मनाकुमारी खड्का, र चोरी भएको रकम लुकाउने कैलाली गौरीगंगा नगरपालिकाकी बिन्दाकुमारी थापा रावल रहेका छन् ।

भारतीय राजदूतावासको प्राप्त पत्रअनुसार खटिएको कैलाली प्रहरीको विशेष टोलीले गरेको अनुसन्धानका क्रममा गौरीगंगा नगरपालिकाकी निज बिन्दाको घरभित्र खाल्टो मुनी लुकाइ राखिएको अवस्थामा उक्त भारु ६५ लाख फेला परेको प्रहरी प्रवक्ता बस्नेतले बताए ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १० : २६ बजे

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७