बँदेलकाे आक्रमणबाट मृत्यु भएकाका परिवारलाई १० लाख ५० हजार क्षतिपुर्ति | Khabarhub Khabarhub

बँदेलकाे आक्रमणबाट मृत्यु भएकाका परिवारलाई १० लाख ५० हजार क्षतिपुर्ति


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुलीको घ्याङलेख गाउँपालिकामा बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिबापत १० लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।

डिभिजन वन कार्यालय मरिणले १० लाख र घ्याङलेख गाउँपालिकाले रु ५० हजार गरी कूल १० लाख ५० हजार रुपैयाँ प्रदान गरेको डिभिजन वन कार्यालय मरिणका डिभिजन प्रमुख लोकराज नेपालले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष जगत् भोलन तथा वडाध्यक्ष विष्णु कर्माचार्यको रोहवरमा मृतककी पत्नी लिलिमाया घिसिङलाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले क्षतिपूर्तिवापत सो रकम प्रदान गरेका हुन् ।

जङ्गली बँदेलको आक्रमणबाट २०७६ भदौ १४ गते स्थानीयवासी ३७ वर्षीय कृष्णबहादुर घिसिङको मृत्यु भएको थियो । आफ्नै बारीमा बाली खान आएका बेला धपाउने क्रममा बँदेलले आक्रमण गर्दा घिसिङको ज्यान गएको थियो ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १२ : १६ बजे

गत आर्थिक वर्षमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी– पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८१–८२ मा

गाजाका अधिकांशले दिनको एक छाक पनि खान पाउँदैनन्

काठमाडौं – गाजामा रहेका एक तिहाइ व्यक्ति दिनको एक छाक

अख्तियारबाट २९ हजार सात सय उजुरी फर्छ्यौट

काठमाडौं– अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

गण्डकी– पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र

तल्लो सोलु जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

सोलुखुम्बु– हिमाली जिल्ला सोलुखुम्बुस्थित ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत्