लगातार तीन दिन वर्षासँगै भारी हिमपातको सम्भावनाः मौसम विभाग « Khabarhub

लगातार तीन दिन वर्षासँगै भारी हिमपातको सम्भावनाः मौसम विभाग


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले विहीबारदेखि शनिबारसम्म तीन दिन मुलुकका मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

पश्चिमी न्यून चापीय वायुका कारण उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो । नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बुधबार रातिबाटै रहेको महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार मध्य तथा पश्चिमी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना पनि छ। मध्य तथा पश्चिम र पूर्वी पहाडी भू्भागमा सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २ गते (बिहिबार)

दिउँसो : देशको मध्य तथा पश्चिमी भू-भाग लगायत पूर्वी पहाडी भू्-भागमा सामान्य बदली रहि बाँकि भू्-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने देखीन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी/हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातिः देशको मध्य तथा पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रही पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

माघ ३ गते (शुक्रबार)

दिउँसो : देशको मध्य तथा पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ साथै पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पश्चिमि उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातिः देशभर आंशिकदेखि सामान्य बदलि रहनेछ। देशका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ ४ गते (शनिबार)

दिउँसो : देशको पश्चिमी भू्-भागमा सामान्य बदली रही बाँकी भू्-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातिः देशभर आंशिक बदलि भइ देशका एक दुइ स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।

महाशाखाले  देशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा मध्यम देखि भारि हिमपातको सम्भावना रहेकोले उच्च पहाडी तथा हिमाली भेगमा चिसोबाट बच्नका लागि सुरक्षा अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ८ : २८ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको