चीनले बनायो ३० फुटबल मैदान बराबरको टेलिस्कोप, खोज्नेछ अन्य ग्रह र एलियन ! « Khabarhub

चीनले बनायो ३० फुटबल मैदान बराबरको टेलिस्कोप, खोज्नेछ अन्य ग्रह र एलियन !


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

विज्ञान र प्रविधिको क्षेत्रमा दिन प्रतिदिन नयाँ नयाँ आविष्कार हुने गरेका छन् । वैज्ञानिकहरु नयाँ–नयाँ खोज र उपकरणको आविष्कारमा निरन्तर लागि परेका छन् । सोही अनुरुप छिमेकी मुलुक चीनले विश्वको सबैभन्दा ठूलो टेलिस्कोप निर्माण भएको छ ।

चिनको गोञ्झाउ प्रान्तको पहाडमा निर्माण भएको सो रेडियो टेलिस्कोप २० वर्षको अथक प्रयासपछि निर्माण सम्पन्न भएको हो । करिव तीन वर्ष लामो परीक्षण पश्चात चीनले निर्माण गरेको विश्वको सबैभन्दा ठूलो टेलिस्कोप अब प्रयोगमा ल्याइनेछ ।

सन् २०१६ को सेटेम्बरदेखि नै उक्त टेलिस्कोपको परीक्षण थालिएको हो । यस टेलिस्कोपलाई अन्तरीक्षको आखाँ समेत भनिएको छ । यसको निर्माणमा अमेरिका, बेलायत र पाकिस्तान सहित १० देशका वैज्ञानिकले सहयोग गरेका छन् । यो टेलीस्कोपले एक सेकण्डमा ३८ गीगाबाइट (जीबी) डाटा जुटाउने क्षमता राख्ने बताइएको छ ।

यस टेलीस्कोपको नाम ‘फाइभ हन्ड्रेड मीटर अपर्चर स्फेरिकल रेडियो टेलीस्कोप’ अर्थात तीव्र टेलिस्कोप राखिएको छ । यो टेलीस्कोपको आकार ३० वटा फुटबल मैदान भन्दा ठूलो रहेको छ । यसको अन्तरिक्ष अनुपात ४ गुण बढि छ । हालसम्म यस टेलिस्कोपले ४४ वटा तिव्र गतीमा घुम्ने ताराको खोज गरिसकेको छ ।

विश्वको सबैभन्दा ठूलो र संवेदनशील मानिएको सो रेडियो टेलीस्कोपले अन्तरिक्षमा रहेका अन्य प्राणीको खोज गर्ने जनाइएको छ । वैज्ञानिकहरुले यो टेलिस्कोपको सहायतलो अन्य ग्रह तथा ग्रहमा रहेका एलियनको खोज गर्नेछन् ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ८ : ४५ बजे

आजका समाचार : संसद्‌मा नोकझोँक जारी, नयाँ मुख्यसचिव नियुक्त, अर्जेन्टिनाले जितेपछि बढ्यो विवाद र फेरि चर्कियो मध्यपूर्व तनाव

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत सरकारले

रास्वपा विधान : बालेनलाई खतराको ‘घन्टी’ ?

काठमाडौं- चार पटक संशोधन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको विधानलाई लिएर

गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ तथा संस्कृति, पर्यटन तथा

शैक्षिक परामर्श व्यवसाय व्यवस्थित बनाउन नयाँ नियमावली तत्काल जारी गर्नुपर्नेमा जोड

काठमाडौं- शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन प्रस्तावित