लागूऔषध प्रयोगकर्तालाई परामर्श आवश्यक : आईजीपी खनाल « Khabarhub

लागूऔषध प्रयोगकर्तालाई परामर्श आवश्यक : आईजीपी खनाल


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले लागू औषध प्रयोगकर्तालाई दण्ड होईन परामर्श दिनुपर्ने बताएका छन् ।

लागु औषध प्रयोगको रोकथाम र नियन्त्रणका लागी वीरगञ्जमा स्थापित कानुनी तथा मनोसमाजिक निशुल्क परामर्श केन्द्रको बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गर्दै महानिरिक्षक खनालले लागु औषधको प्रयोग र कारोबार बढदै गएको अवस्थामा सीमा क्षेत्रमा स्थापना गरिएको यस केन्द्रबाट लागु औषधको नियन्त्रण हुने विश्वास व्यक्त गरे ।

लागू औषध विकराल सामाजिक समस्या बन्दै गएकाले प्रहरीले स्थानीय सरकारसँग मिलेर परामर्श केन्द्र स्थापना गर्ने अभियान शुरु गरेको बताउँदै प्रहरी महानिरीक्षक (आईजीपी) खनालले भने, ‘लागू औषधले विकराल रुप लिइसक्यो, छोरा छोरी कुलतमा लागेका छन्, अभिभावक, शिक्षकले यो विषयलाई अगाडि आएर भन्न सकेका छैनन् । अर्कोले के भन्ला भन्ने डर भएको छ । उनीहरुको उद्धार गर्नुपर्छ । अभिभावक मुख खोलेर आउनुपर्छ ।’

समुदायको सहयोग विना प्रहरीको एक्लो प्रयासले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा सम्भव नहुने बताउँदै महानिरीक्षक खनालले भारतसँगको खुला सीमाका कारण लागूऔषधको प्रयोग तथा ओसार पसारमा वृद्धि भएको बताए ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले युवा पुस्ताहरुमा लागुपदार्थ सेवनको कुलत बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै कारोबार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरी समुदाय र महानगरको सामुहिक प्रयास जरुरी रहेको बताए ।

लागू औषध प्रयोगकर्ताको पुनःस्थापनाका लागि खुलेका नीजि केन्द्रहरुमा चर्को शुल्क रहेको बताउदै नगर प्रमुख सरावगीले निःशुल्क कानूनी तथा मनोसामाजिक परामर्श केन्द्रले धेरै लाभान्वित हुने बताए ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ९ : ५५ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का