कांग्रेस संसदीय दलको बैठकमा सभामुख चयनको अन्यौलताबारे छलफल हुने « Khabarhub

कांग्रेस संसदीय दलको बैठकमा सभामुख चयनको अन्यौलताबारे छलफल हुने


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

कांग्रेस संसदीय दलको कार्यालयमा दिउँसो साढे १ बजे बस्ने बैठकमा सभामुख चयनमा देखिएको अन्यौलताबारे छलफल हुने प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

कांग्रेसले सभामुख चयनको विषयलाई लिएर सत्तारुढ नेकपाले संसदलाई बन्धक बनाएको भन्दै रोष प्रकट गर्दै आइरहेको छ ।

सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार छनोट गर्न नसक्दा तीन पटक प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको छ। यसबारेमा छलफल गर्नका लागि कांग्रेसले शुक्रबार संसदीय दलको बैठक आह्वान गरेको छ।

सभामुख चयनमा देखिएको विवादका कारण संसद बन्धक भएको बारे छलफल गर्न संसदीय दलको बैठक आह्वान गरिएको खाँणले बताए।

संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई सदनमा राख्न नसकेको भन्दै उनले संसद यथाशीघ्र चाँडो सञ्चालन गर्नका लागि प्रतिपक्षको भूमिकाबारे छलफल गर्न बैठक बोलाएको उनले बताए ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ८ : ३२ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना