विश्वकै होचा खगेन्द्र थापा मगरको निधन « Khabarhub

विश्वकै होचा खगेन्द्र थापा मगरको निधन


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकै होचा व्यक्ति बाग्लुङका खगेन्द्र थापा मगरको मृत्यु भएको छ ।

थापा मगरको शुक्रबार पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । निमोनियाले बिरामी भएका थापालाई उपचारको लागि बिहीबार मणिपाल अस्पताल लगिएको थियो ।

मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु)मा भर्ना भएका थापा मगरलाई शुक्रबार दिउँसो मृत्यु भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाले जानकारी दिए ।

जन्मँदा ६०० ग्राम तौलका खगेन्द्रको तौल विश्व रेकर्ड राख्दा ५.५ किलोग्राम थियो । उनले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वरल्ड रेकर्ड’मा नाम लेखाएका थिए ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ७ : ०३ बजे

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १३ गते शनिबार सन् २०२६

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा