म्यानचेस्टर युनाइटेडका कप्तान एस्ले इन्टर मिलानमा प्रस्थान « Khabarhub

म्यानचेस्टर युनाइटेडका कप्तान एस्ले इन्टर मिलानमा प्रस्थान


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका कप्तान एस्ले योङ इटालियन क्लब इन्टर मिलानमा प्रस्थान गरेका छन् । इन्टरले योङलाई ६ महिनाको लागि १.५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।

इंग्ल्यान्डका पुर्व ३४ बर्षे डिफेन्डर योङले यसअघि पनि इन्टर मिलान जान इच्छुक रहेको बताउँदै आएका थिए । सोही कारण योङ पछिल्ला तीन खेलमा मैदान उत्रिएका थिएनन् । योङ इन्टर पुगेसँगै युनाइटेडले ह्यारी मगाएरलाई युनाइटेडको नयाँ कप्तान चुनेको छ ।

उनी शुक्रबार इन्टर मिलानमा पुगेका छन् । उनको शुरुमा मेडिकल परीक्षण हुनेछ । त्यसपछि मात्रै सम्झौता हुने बुझिएको छ ।

योङले म्यानचेस्टर युनाइटेडले मौका दिएको र विभिन्न ट्रफीहरु जित्दाको क्षण अविस्मरणीय रहेको भन्दै साढे आठ वर्षमा युनाइटेडको कप्तानसहित कथाको अंश बन्न मौका दिएकोमा धन्यवाद व्यक्त गरेका छन् । उनले युनाइटेडका समर्थकहरुलाई समेत धन्यवाद दिदै फेरि पनि भेट्न सकिने बाँचा गरेका छन् ।

२०११ मा एस्टन भिल्लाबाट युनाइटेडमा पुगेका थिए । उनले त्यहाँ झन्डै ९ बर्ष बिताए । उनले यो सिजन युनाइटेडको कप्तानी गर्दै १० खेले । युनाइटेडमा झन्डै ९ वर्ष रहँदा योङले २ सय ६१ खेल खेले । योङले इंग्ल्याण्डको राष्ट्रिय टिमबाट ३९ क्यास जितेका छन् । युनाइटेडले प्रिमियर लिग, एफए कप, लिग कप र युरोपा कपको उपाधि हात पार्दा योङ टिमका महत्वपुर्ण सदस्य थिए ।

इन्टरले गत अगष्टमा मात्रै बेल्जियन रोमेलु लुकाकुलाई युनाइटेडबाट क्लबमा अनुबन्ध गरेको थियो । लुकाकुले त्यहाँ उच्च प्रदर्शन गरिरहेका छन् । इन्टर सिरी ‘ए’को शीर्षस्थानको युभेन्ट्स भन्दा मात्र दुई अंकले पछि छ ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ७ : २६ बजे

पाँच महिनामा एक लाखभन्दा बढी विदेशी नागरिक  ‘ट्रेकिङ’मा 

काठमाडौं– अध्यागमन विभागले विदेशी नागरिक अनुगमन प्रणाली (एफएनएमआइएस) कार्यान्वयनको प्रगतिबारे

विमलेन्द्र भन्छन् : सल्लाहै नगरी गगनले मनोनित गरे, कांग्रेस मिल्ने सम्भावना छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले पार्टीको केन्द्रीय कार्यसमिति सदस्य

कांग्रेसका लागि पुरानो, एमालेका नजरमा खारेजयोग्य र नेकपालाई ठिकै, राप्रपाले भन्यो, पुरानै ‘कपी पेस्ट’

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको

वर्षाले प्रभावित खेलमा स्कटल्यान्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल स्कटल्यान्डसँग दुई रनले