छुट्टाछुट्टै ग्रेडको सिमेन्टका लागि बेग्लै मापदण्ड « Khabarhub

छुट्टाछुट्टै ग्रेडको सिमेन्टका लागि बेग्लै मापदण्ड


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल विभागले ४३ र ५३ ग्रेडको सिमेन्टका लागि छुट्टै मापदण्ड बनाएको छ ।

नेपाल गुणस्तर परिषद्को १०२ औँ बैठकले ४३ र ५३ ग्रेडको सिमेन्टका लागि नयाँ मापदण्ड स्वीकृत गरेको हो । यसअघिसम्म सबै सिमेन्टको मापदण्ड एउटै थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेपाल गुणस्तरलाई परिमार्जनसहित स्वीकृत गरेको हो ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ३३ ग्रेडका लागि एउटा र ४३ तथा ५३ ग्रेडका लागि अर्को मापदण्ड स्वीकृत गरेको जानकारी दिए ।

बैठकको निर्णयसँगै अब उद्योगीले सरकारी मापदण्ड पूरा गरेको अवस्थामा ४३ र ५३ ग्रेड लेख्न पाउने भएका छन् । ‘सरकारले छुट्टै मापदण्ड बनाएको छ, त्यो पूरा गर्ने उद्योगीले ४३ र ५३ ग्रेड लेख्न पाउँछन्’, महानिर्देशक पुडासैनीले भने ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ९ : ३६ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा