मौरीलाई चरन क्षेत्र अभाव, मह उत्पादन आधा घट्यो « Khabarhub

मौरीलाई चरन क्षेत्र अभाव, मह उत्पादन आधा घट्यो


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- पैयूँका रुख नासिने र गाउँघरतिर तोरीखेती गर्ने चलन हराउँदै गएपछि मौरीलाई चरन क्षेत्रको अभाव भएको म्याग्दीका मौरीपालक कृषकले बताएका छन् । पुष्परसको अभावले गर्दा मह उत्पादनमा कमी आएको उनीहरुको भनाइ छ ।

जिल्लाका ज्यामरुककोट, रत्नेचौर, अर्मन, बाबियाचौरलगायतका गाउँमा व्यावसायिक रुपमा मौरीपालन गरेका कृषकले विगतका वर्षको तुलनामा यस वर्ष पुष्परसमा कमी आएको र मह उत्पादन कमी भएको बताएका हुन् ।

बेनी नगरपालिका–२ का मौरीपालक कृषक जीतबहादुर थापाले तोरी, वुकी, पैयूँ, दुदिलोलगायतका फूल तथा वनस्पतिमा यस वर्ष रसको मात्रा घटेको बताए ।

थापाले विगतका वर्षहरुमा यो मौसममा मौरीले अरु समयको तुलनामा बढी मह उत्पादन गर्ने गरेको बताउँदै यो वर्ष विगतको तुलनामा आधा मात्र मह उत्पादन भएको बताए ।

‘मौरी चरेर आइसकेपछि पनि पोटिला नदेखिनु र मह उत्पादनका लागि उपयुक्त मानिएको माघ, फागुन महिनामा कम मह उत्पादन हुनुको कारण पुष्परसमा कमी आउनु नै हो’, थापाले भने ।

कृषि ज्ञान केन्द्र म्याग्दीले गत साल अत्यधिक वर्षा र त्यसपछि सुक्खा हावा चलेका कारणले पनि पुष्परसमा स्वभाविक रुपले कमी आएकाले यस्तो समस्या उत्पन्न भएको बताएको छ ।

मौरीको गोलाको सङ्ख्या अत्यधिक रुपमा बढिरहेको छ । कृषकले भने चरन क्षेत्रमा ध्यान नदिएको र बढ्दो रासायनिक मलको प्रयोगका कारण परागसेचन प्रक्रियामा प्रभाव परेकाले फलफूलजन्य वनस्पतिमा रसको मात्रा कमी आउँदा मह उत्पादन कम भएको कृषि प्राविधिकले बताए ।

कृषि ज्ञान केन्द्र म्याग्दीले मौरीपालक कृषकले मौरीको गोलासँगै चरन क्षेत्रको विस्तारमा ध्यान दिन कृषकलाई सल्लाह दिँदै घार वरिपरि बाँझो जग्गा नराख्न र विशेष गरी पुष्पजन्य बोटबिरुवा लगाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ९ : ४८ बजे

लोकसेवा आयोगमा सरकारी हस्तक्षेपको आरोप लगाउँदै युवाको प्रदर्शन

काठमाडौं– लोकसेवा आयोगको स्वायत्ततामा सरकारी हस्तक्षेप भएको भन्दै युवाहरूले काठमाडौंमा

भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित

काठमाडौं– सौरमासअनुसार साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा भक्तजनको दर्शन र

सुनसरीमा कर्फ्युबीच पनि सर्वसाधारणका घर तोडफोड र आगजनी

सुनसरी- स्थानीय प्रशासनले लगाएको कर्फ्युबीच पनि सुनसरीमा सर्वसाधारणको घरमा आगजनी

बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर महिलाको  मृत्यु

सुदूरपश्चिम– बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर एक जनाको मृत्यु

काठमाडौंमा साउन १३ देखि टप–१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप

काठमाडौं– प्रथम काठमाडौं खेलमण्डल(एनआरटी) नेपाल टप-१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप