अन्नपूर्ण आधार शिविरबाट उद्धार गरिएका ६ जनालाई पोखरा ल्याइँदै « Khabarhub

अन्नपूर्ण आधार शिविरबाट उद्धार गरिएका ६ जनालाई पोखरा ल्याइँदै


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- अन्नपूर्ण आधार शिविरबाट उद्धार गरिएका ६ जनालाई हेलिकोप्टरबाट पोखरा ल्याइँदैछ ।

उद्धार गरिएका उनीहरुलाई मौसममा आएको सुधारसँगै पोखरा ल्याइएको हो । हराइरहेका अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई जीवितै उद्धार गरिएको छ ।

उद्धार गरिएका उनीहरुलाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखिएको थियो ।

अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण बाँकी चार जना कोरियान नागरिक र एक जना गाईड सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  १० : ५३ बजे

मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी