सन्तानलाई संस्कारी बनाउने तनाव आजभोलिका बुवा आमालाई हुने गरेको छ ।
प्राचिन समयमा समाजको बनावट, संस्कार, संस्कृति, धर्म आदीका कारणले परिवार र बालबालिकामा पूर्वीय सभ्यता र संस्कार हुने गरेको थियो । तर अहिले समय र समाज परिवर्तन भएको छ । पश्चिमा प्रभाव, सूचना प्रविधि आदीका कारण पूर्वीर संस्कृतिको परिवारवादमा स्खलन जारी छ ।
धार्मिक ग्रन्थहरु, रीति रिवाज, नीति शास्त्रहरुको अध्ययनको कमीले गर्दा पारिवारीक संस्कार र बालबालिकाको संस्कारमा कमी आएको छ । बालबालिकालाई संस्कारी बनाउने चुनौती तपाईंले पनि सामाना गरिरहनु भएको होला ।
सन्तानका पहिलो गुरु भनेकै आमाबुवा हुन् । हरेक अभिभावक आफ्ना सन्तान आज्ञाकारी हुन् र सफल बनुन् भन्ने चाहाना राख्दछन् ।
प्रत्येक आमाबुवा चाहान्छन्, बच्चाहरुमा राम्रो संस्कार होस् । तर अचेल सन्तान सानै उमेरबाट आफ्नो अभिभावकका कुरा पालना गर्नु भन्दा उल्टै जिद्दी हुदै गएका छन् । सन्तानका कारण धेरै आमाबुवाहरुले आफन्त तथा छरछिमेकबाट गाली खाने स्थितिसम्म हुने गर्छ ।
त्यसैले आफ्नो बच्चा जिद्दी हुँदै गएको भने वा स्वभाव परीवर्तन हुँदै गएको छ भने यी टिप्सलाई पालना गर्नुहोस्, केही हदसम्म तपाईका लागी उपयोगी हुन सक्छ ।
मठमन्दिर र आफ्नो संस्कार संस्कृतिमा अभ्यस्त बनाउँनुस्
बालबालिकालाई तपाईले जे जस्तो सिकाउनु भयो उनीहरु त्यबाट प्रभावित हुने गर्छन् । तपाईले बालबालिकालाई मठ मन्दिर लैजाने गर्नुभयो भने उनीहरुमा केही मात्रामा भएपनि जीवनमा धार्मिक स्वभाव विकाश हुन्छ । मठमन्दिर जाँदा मानिसमा धर्मको प्रभाव पर्छ र उसले सही गलत बारे हेक्का गर्छ । गलत गर्दा पाप लाग्छ, बुवा आमाले भनेको मान्नु पर्छ लगायतका विषयमा उ गम्भीर बन्न सक्छ । त्यस्तै आफू भन्दा ठूलालाई मान सम्मान र सानालाई माया गर्ने संस्कार सिकाउँनुस् र आफूले पनि त्यसतै व्यवहार गर्नुहोस् ।
बच्चाको साथी बन्नुहोस्
बच्चाको मन कोमल हुनछ, त्यसैले बच्चालाई प्रेमपूर्वक सम्झाइयो भने उसले हरेक कुरा सहज रुपमा बुझ्दछ । कुनै कुरा बुझाउने नाममा ठूलो स्वर गरेर धम्काएर उसलाई कन्ट्रोलमा राख्न नखोज्नुहोस् । जिज्ञासु स्वभावका बच्चा नियन्त्रण गर्न उसको साथी बन्न आवश्यक छ । बच्चाको कुरा सुन्ने र आफ्नो कुरा समेत बच्चालाई सुन्न प्रेरित गर्नुपर्छ ।
पिट्न छाड्नुस्
यदि तपाईको बच्चाले तपाईको आज्ञा पालना गरेन, चकचक गर्याे वा जिद्दी हुन थाल्यो भने पनि पिट्नु हुदैन । पिटेर बच्चा सुध्रिदैनन्, बरु उल्टै यसले बच्चाको मानसिकताम खराब असर पार्दछ । बच्चाको मनमा जे गरेपनि पिटाई खाइन्छ भन्ने मानसिकता बस्छ र उ झन् जिद्दी हुन थाल्छ । त्यसैले बरु बच्चा तह लाउन भनेर पिट्न छाड्नुस् ।
बच्चाको इच्छा बुझ्नुहोस्
बच्चाको मन कौतुहलता र चञ्चलताले भरीएको हुन्छ । उनीहरुलाई झिलिमिलि खोल भएका सामाग्री मन पराउछन् । त्यसैले आफ्नो बच्चालाई के मन पर्छ भनेर बुझ्न आवश्यक छ । उसले खेल्न मन गरेको समयमा आफुसमेत लागेर खेल्नुपर्दछ । खेल खेल्दा खेल्दै ज्ञान सिकाउन समेत सकिन्छ । यसले गर्दा तपाईको बच्चादले तपाईको कुरा निकटबाट सुन्दछ र बिस्तारै उसको जिद्दीपना कम हुँदै जान्छ ।
सही शारीरिक भाषा
केही बच्चाहरु जति माया गरेर सम्झाए पनि कुरा नबुझ्ने बन्दै गएका हुन्छन् उनीहरुको जिद्दीपना यति हदसम्म बढ्छ कि सामान फ्याक्ने भुईमा सुत्ने समेत गर्दछन् । यस्तो अवस्थामा उनीहरुलाई सम्झाउने भन्दा केहि बेर एक्लै छाड्नु प्रभावकारी हुनसक्छ । यसो गर्नाले आमाबुवाले गल्ति गरे सजाय पनि दिन सक्छन् भन्ने बच्चाको मानसिकतामा पर्न सक्छ ।
रोलमोडल बन्नुस्
हरेक दिन बच्चालाई खेल्ने, घुम्ने तथा पढ्ने समय छुट्याउनुहोस् । समय तालिकामा काम गर्न बानी बसाउनुहोस् । त्यसले बच्चालाई हरेक दिन केही न केही नयाँ कुरा सिक्न मद्धत गर्छ । यदि तपाई ब्यस्त हुनुहुन्छ भने पनि हरेक साता एक दिन बच्चाका लागि समय निकाल्नुस् । ताकि बच्चाले एक्लोपनको अनुभव नगरोस् । यसले तपाई र बच्चाको सम्बन्ध झन् सुमधुर बनाउँछ । नत्र अभिभावकले समय छुट्ट्याउन नसक्दा बच्चाले आफूलाई हेला गरेको ठान्दछन् ।
उपहार दिने गर्नुस्
बच्चाको जिद्दीपना कम गर्न उसलाई भनेको कुरा पालना गर्न लगाउने गर्नुपर्छ यसका लागि बच्चाले अटेरी गरे । असर नपर्ने साना सजाय दिन सकिन्छ । तर यदि बच्चाले समयमा होमवर्क सके, आज्ञा पालन गरे बच्चालाई केही साना उपहार दिने गर्नुस् । यसले बच्चाले आमाबुवको कुरा माने उपहार पाइने र अटेरी गरे सजाय पाइने ज्ञान पाउँछ । साथै आफ्नो बच्चाको बारेमा अरुसंग पनि खुलेर प्रसंशा गर्नुहोस् ।
फकाएर सम्झाउनुहोस्
यदि तपाईको बच्चाले गलत गर्याे वा भनेको मानेन भने त्यसको हानि बारे उसलाई फकाएर सम्झाउनुहोस् । जिद्दी गर्ने बच्चा प्रति आ“खा तर्नु गालि गर्ने वा पिट्नु भन्दा सबैभन्दा उत्तम उपाय भनेको फकाएर सम्झाउनु हो । साथै बच्चालाई अरु कोहिसंग तुलना नगर्नुहोस् । उसकै अगाडिका राम्रा बानिलाई उदाहरण दिनुहोस् । यसो गर्नााले बच्चा तपाई निकट हुन्छ र उसको जिद्दीपना नियन्त्रण हुँदै जानेछ ।
प्रतिक्रिया