नेपाल धार्मिक सहिष्णुताको अनुपम मुलुक–पर्यटनमन्त्री « Khabarhub

नेपाल धार्मिक सहिष्णुताको अनुपम मुलुक–पर्यटनमन्त्री


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल धार्मिक सहिष्णुताको अनुपम मुलुक भएको बताएका छन् ।

वृहत् राष्ट्रिय शान्ति कोटीहोम महायज्ञ एवम् चन्द्रागिरी धार्मिक पर्यटन महोत्सवबारे जानकारी दिन मूल समारोह समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले भने, ‘‘नेपाल धार्मिक सहिष्णुता र जातीय सद्भाव भएको मुलुक हा, त्यसप्रति हामी गर्व गछौँ ।’’

विश्वमा धेरै स्थानमा धार्मिक तथा जातीय युद्ध भएको तर नेपाल सानो देशमा विभिन्न धर्म र सम्प्रदाय तथा सामाजिक विविधतायुक्त भएर पनि कहिल्यै पनि धार्मिक तथा जातीय युद्ध भएको छैन, धार्मिक सहिष्णुताको अनुपम उदाहरण पाउन सकिने उनको भनाइ छ ।

उनले हिन्दु धर्मको बाहुल्यता रहेको नेपालमा अल्पसङ्ख्यकमा भएका विशेषगरी ख्रिष्टियन, मुस्लिमलगायत धार्मिक समुदायले असुरक्षा महशुस गर्नु नपरेको बताए । धर्म र सम्प्रदायबीचको अनुपम सहिष्णुताले नै आज नेपाल विश्वमै कहलिएको मन्त्री भट्टराईले उल्लेख गरे ।

नेपाल भ्रमण वर्ष २०२० मा एकातिर प्राकृतिक सम्पदा र प्राकृतिक सौन्दर्यतालाई नजिकबाट हेर्न पर्यटक आउँछन् भने अर्कोतिर आफ्नो धार्मिक आस्था र विश्वाससमेतलाई प्रकट गर्नको निम्ति पर्यटक आउने भएकाले धार्मिक पर्यटकको महत्वपूर्ण भूमिका हुने पर्यटनमन्त्रीको भनाइ थियो ।

उनले धार्मिक पर्यटनका माध्यमबाट विभिन्न मुलुकबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न लागिएको र त्यसका निम्ति पशुपति विकास कोष र लुम्बिनी विकास कोषलाई आवश्यक समन्वय र सहजताका लागि जिम्मेवारी तोकिएको बताए ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ८ : ५८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह