सोनाम ल्होछारलाई राष्ट्रिय पर्वकै रुपमा विकास गर्नुपर्छः नेता गुरुङ « Khabarhub

सोनाम ल्होछारलाई राष्ट्रिय पर्वकै रुपमा विकास गर्नुपर्छः नेता गुरुङ


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले तामाङ समुदायको सोनाम ल्होछार पर्वलाई राष्ट्रकै पर्वका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

नेपाल तामाङ घेदुङ चिती एकाइले शनिबार तामाङ जातिको महान राष्ट्रिय सांस्कृतिक पर्व २८५६औँ मुसा वर्ग (जिवा ल्हो) को पूर्वसन्ध्यामा आयोजना गरेको सोनाम ल्होछार उत्सवमा उनले बहुभाषा, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको पहिचान जोगाउनुपर्नेमा जोड दिए ।

मुलुकमा रहेका सबै जातजाति समुदायको भाषा, संस्कार संस्कृति तथा पहिचानको संरक्षण गर्न वर्तमान सरकारले योजना बनाएर अघि बढेको उल्लेख गर्दै उनले तामाङ समुदायको ठूलो पर्व सोनाम ल्होछार पर्वलाई राष्ट्रकै पर्वका रुपमा विकास गर्नतर्फ सरकार र तामाङ समुदाय लाग्नुपर्ने धारणा राखेका थिए ।

सो अवसरमा नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका अध्यक्ष हरिजङ्ङ तामाङ, नेपाल तामाङ विद्यार्थी घेदुङ सङघीय उपाध्यक्ष जुन तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला अध्यक्ष अजय तामाङलगायतले अझै पनि तामाङ समुदायको हकअधिकार सुनिश्चिता भइनसकेकाले संविधान संशोधन गरेर पहिचानको रक्षा गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ६ : ११ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले