राष्ट्रिय महिला लिग फुटबल चैतबाट, दोस्रो चरणको छनोट रौतहटमा « Khabarhub

राष्ट्रिय महिला लिग फुटबल चैतबाट, दोस्रो चरणको छनोट रौतहटमा


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि अन्योल रहेको राष्ट्रिय महिला लिग फुटबल आगामी चैतबाट शुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन चरणमा सम्पन्न गर्ने गरि महिला लिगको तयारी थालेको जानकारी दिएको हो ।

एन्फा प्रवक्ता किरण राईका अनुसार महिला लिगमा पहिलो चरणका खेल चैत १० देखि २६ सम्म हुनेछन् भने दोस्रो चरणका खेल २०७७ बैशाख १४ गतेदेखि ३० गतेसम्म हुने र फाइनल चरणका खेल जेठ २५ गतेदेखि असार १३ सम्म हुनेछन् ।

महिला लिगको अन्तिम छनोटका रुपमा अन्तर नगरपालिका उपमेयर कपको दोस्रो चरण रौतहटमा आयोजना गर्ने पनि टुङ्गो लागेको छ । जेठ २९ देखि असार १२ गतेसम्म काठमाडौंमा भएको उपमेयर कप महिला फुटबल प्रतियोगिताका शीर्ष ८ टोली रौतहटमा हुने दोस्रो चरणको छनोट खेल्नेछन् ।

काठमाडौंमा भएको उपमेयर कपमा १८ नगरपालिकाका टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता रौतहटमा माघ १० गते सुरु भएर १८ गतेसम्म चल्ने एन्फा प्रवक्ता किरण राईले जनाएका छन् ।

काठमाडौंमा भएको उपमेयर कपबाट छनोट भएको वालिङ नगरपालिका स्याङ्जा, बासगढी नगरपालिका बर्दिया, बाह्बीसे नगरपालिका सिन्धुपाल्चोक, चौदण्डीगढ नगरपालिका उदयपुर छन् । यस्तै, विदुर नगरपालिका नुवाकोट, विराटनगर महानगरपालिका मोरङ र विरेन्द्रनगर नगरपालिका सुर्खेत रहेका छन् ।

रौतहटमा हुने प्रतियोगिताका ८ टोलीलाई २ समूहमा विभाजन गरेर प्रतियोगिता संचालन हुनेभएको छ । उक्त दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउने छन् । सेमिफाइनलका विजेता दुई टोलीले फाइनल पुग्नेछन् ।

उपमेयरकप राष्ट्रिय महिला लिगको दोस्रो चरणमा सेमिफाइनल पुग्ने ४ टोली र विभागीय तीन टोली नेपाल पुसलिस क्लब, नेपाली सेनाको आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले राष्ट्रिय महिला लिग खेल्नेछन् ।

डबल राउण्ड रोविनका आधारमा हुने महिला लिग कहाँ हुने भन्ने एकिन भइसकेको छैन । महिला लिगको विजेता टोलीले के कति पुरस्कार पाउने पनि  टुंगो नलागेको प्रवक्ता राईले जानकारी दिए ।

प्रवक्ता राइले भने, ‘ अब बस्ने एन्फा कार्यसमिति बैठकले पुरस्कारको टुंगो लगाउने छ ।’

 

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ७ : ३४ बजे

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र

एजेन्सी– विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक