कानून निर्माण गरेर सुकम्बासीको व्यवस्थापन गरिँदै : मन्त्री अर्याल « Khabarhub

कानून निर्माण गरेर सुकम्बासीको व्यवस्थापन गरिँदै : मन्त्री अर्याल


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पहिलो पटक कानून निर्माण गरेर सुकुम्बासी भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न खोजिएको बताएकी छिन् ।

प्रेस सङ्गठन नेपालले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सुकुम्बासी, अव्यवस्थित बसोबासीको व्यवस्थापन र सिङ्गो भूमिको व्यवस्थापनलाई समेटेर कानून निर्माणको काम पूरा भएको जानकारी दिएकी हुन् ।

“भूमि ऐनको आठौँ संशोधनमार्फत जमीनको स्वामित्व नभएका व्यक्तिलाई राज्यका तर्फबाट निश्चित क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ”, मन्त्री अर्यालले भनिन्, “अव्यवस्थित बसोबासीको हकमा लामो समयदेखि जोतभोग गरिरहेको व्यक्तिलाई निजको आर्थिक हैसियत हेरी थोरै वा बढी राजश्व लिएर बसोबासको व्यवस्था गर्न लागिएको छ ।”

पत्रकारको प्रश्नमा उनले वित्तीय हस्तान्तरण लगायतका काममा भएको ढिलाइले सुदूरपश्चिम प्रदेशका मुक्त हलियाको पुनःस्थापनाको कार्य समयमै हुन नसकेको बताउँदै चालू वर्षमा वित्तीय हस्तान्तरणको काम छिट्टै गरेर मुक्त हलियाको पुनःस्थापनको पहल गरिएको बताइन् ।

यसैबीच मन्त्रालयको आयोजनामा आज धनगढीमा भूउपयोग ऐन तथा प्रस्तावित भूमिसम्बन्धी ऐन कार्यान्वयन र सहकारी व्यवस्थापनका विषयमा प्रदेश र स्थानीय तहका पदाधिकारीसँग सुझाव सङ्कलन गरिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ८ : ५४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै