ए डिभिजन लिग फुटबलः ब्रिगेड र संकटा तथा आर्मी र च्यासल भिड्दै | Khabarhub Khabarhub

ए डिभिजन लिग फुटबलः ब्रिगेड र संकटा तथा आर्मी र च्यासल भिड्दै


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सहिद स्मारक ए डिभिजिन लिग फुटबलमा आज (मंगलबार) दुई खेल हुँदैछन् । पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब (बीबीसी) र संकटा क्लब भिड्दैछन् भने दोस्रो खेलमा आर्मी र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

ब्रिगेड र संकटा पहिलो खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यान्न १२ बजे भिड्नेछन् । दोस्रो खेलमा आर्मी र च्यासल दिउँसो ३ बजे दशरथ रंगशालामा खेल्नेछन् ।

लिगको ६ खेलमा संकटाले २ जित, २ बराबरी र २ हार सहित ८ अंक जोडेर तालिकाको आठौं स्थानमा छ । ब्रिगेड २ जित, ३ हार र १ बराबरी गर्दै ७ अंक जोडेर तालिकाको दशौं स्थानमा छ ।

संकटा सातौं चरणको खेलमा ब्रिगेडलाई पराजित गर्दै शीर्ष ६ मा रहने योजनामा छ ।

यता ब्रिगेड पनि महत्वपूर्ण तीन अंककै लागि मैदानमा उत्रिनेछ ।  राष्ट्रिय टिमका पुर्व कप्तान अनिल गुरुङको कप्तानीमा रहेको छ ।

पहिलो खेलमा मछिन्द्रसँग २–० ले पराजित उसले दोस्रो खेलमा फ्रेण्ड्सलाई हराएको थियो । तेस्रो खेलमा मनाङसँग १–० ले पराजित भएपनि चौथो खेलमा हिमालयन शेर्पा क्लबलाई हराउन सफल रह्यो ।

पाँचौ खेलमा थ्रीस्टारसँग ३–० ले पराजित बिग्रेड पछिल्लो खेलमा सरस्वती युथसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।

यस्तै आजै हुने दोस्रो खेलमा आर्मीलाई  स्पष्ट तीन अंकको अग्रता लिने अवसर छ ।

उपाधि होडको मछिन्द्र हिमालयन शेर्पा क्लबसँग पराजित भएपछि आर्मीलाई शीर्ष स्थानमा उक्नले मौका आएको हो ।

सोमबार लिगको सातौं चरणको खेलमा आर्मीले बलियो देखिएको च्यासल युथ क्लबसंग प्रतिस्पर्धा गर्दैछ ।

दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । कम्तिमा बराबरीको नतिजा निकाले पनि आर्मी शीर्ष स्थानमा उक्लिनेछ ।

यता, सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेको च्यासल भने रेलिगेशन जोनको नजिक छ । उसले ६ खेलबाट ६ अंक बटुल्दै तालिकाको १२ औं स्थानमा छ ।

आर्मीविरुद्ध जित निकाल्दै च्यासल भने कम्तिमा रेलिगेशन जोनबाट माथि उक्लिने दाउमा छ । आर्मीविरुद्ध जित हात पारे च्यासल तालिकाको आठौं स्थानमा उक्लने छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ७ : २६ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी