ए डिभिजन लिग फुटबलः ब्रिगेड र संकटा तथा आर्मी र च्यासल भिड्दै « Khabarhub

ए डिभिजन लिग फुटबलः ब्रिगेड र संकटा तथा आर्मी र च्यासल भिड्दै


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सहिद स्मारक ए डिभिजिन लिग फुटबलमा आज (मंगलबार) दुई खेल हुँदैछन् । पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब (बीबीसी) र संकटा क्लब भिड्दैछन् भने दोस्रो खेलमा आर्मी र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

ब्रिगेड र संकटा पहिलो खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यान्न १२ बजे भिड्नेछन् । दोस्रो खेलमा आर्मी र च्यासल दिउँसो ३ बजे दशरथ रंगशालामा खेल्नेछन् ।

लिगको ६ खेलमा संकटाले २ जित, २ बराबरी र २ हार सहित ८ अंक जोडेर तालिकाको आठौं स्थानमा छ । ब्रिगेड २ जित, ३ हार र १ बराबरी गर्दै ७ अंक जोडेर तालिकाको दशौं स्थानमा छ ।

संकटा सातौं चरणको खेलमा ब्रिगेडलाई पराजित गर्दै शीर्ष ६ मा रहने योजनामा छ ।

यता ब्रिगेड पनि महत्वपूर्ण तीन अंककै लागि मैदानमा उत्रिनेछ ।  राष्ट्रिय टिमका पुर्व कप्तान अनिल गुरुङको कप्तानीमा रहेको छ ।

पहिलो खेलमा मछिन्द्रसँग २–० ले पराजित उसले दोस्रो खेलमा फ्रेण्ड्सलाई हराएको थियो । तेस्रो खेलमा मनाङसँग १–० ले पराजित भएपनि चौथो खेलमा हिमालयन शेर्पा क्लबलाई हराउन सफल रह्यो ।

पाँचौ खेलमा थ्रीस्टारसँग ३–० ले पराजित बिग्रेड पछिल्लो खेलमा सरस्वती युथसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।

यस्तै आजै हुने दोस्रो खेलमा आर्मीलाई  स्पष्ट तीन अंकको अग्रता लिने अवसर छ ।

उपाधि होडको मछिन्द्र हिमालयन शेर्पा क्लबसँग पराजित भएपछि आर्मीलाई शीर्ष स्थानमा उक्नले मौका आएको हो ।

सोमबार लिगको सातौं चरणको खेलमा आर्मीले बलियो देखिएको च्यासल युथ क्लबसंग प्रतिस्पर्धा गर्दैछ ।

दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । कम्तिमा बराबरीको नतिजा निकाले पनि आर्मी शीर्ष स्थानमा उक्लिनेछ ।

यता, सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेको च्यासल भने रेलिगेशन जोनको नजिक छ । उसले ६ खेलबाट ६ अंक बटुल्दै तालिकाको १२ औं स्थानमा छ ।

आर्मीविरुद्ध जित निकाल्दै च्यासल भने कम्तिमा रेलिगेशन जोनबाट माथि उक्लिने दाउमा छ । आर्मीविरुद्ध जित हात पारे च्यासल तालिकाको आठौं स्थानमा उक्लने छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ७ : २६ बजे

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक ठगी

हकप्रद सेयरमा २० प्रतिशत वित्तीय प्रगतिको प्रावधान हटाउन माग

काठमाडौं– हकप्रद सेयर जारी गरी आयोजना निर्माणका लागि आयोजनाको वित्तीय

काठमाडौं ५ का मतदाताको प्रतिक्रियाले उत्साहित छु : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं ५ मा मतदाताबाट

‘धुरन्धर-२’ टिजरमा रणवीर सिंहको एक्सन र थ्रिलको झलक

काठमाडौँ– बलिउड सुपरहिट फिल्म ‘धुरन्धर’ को बहुप्रतीक्षित सिक्वेल ‘धुरन्धर–२ : द

वर्षमानसँग मतदाताले राखे यस्ता माग 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन गृहजिल्ला रोल्पामा