प्रहरीको गाडीमा ट्राफिकले लगाइदियो ‘ह्विल लक’ « Khabarhub

प्रहरीको गाडीमा ट्राफिकले लगाइदियो ‘ह्विल लक’


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीले साइरन जडित प्रहरी गाडीमा ‘ह्विल लक’ गरिदिएको छ ।

अनामनगरमा सडक अवरुद्ध हुने गरि पार्किङ गरिएको प्रहरीको गाडीमा ट्राफिकले ह्विल लक गर्दै कारवाही गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना १ झ १४२५ नम्बरको गाडीमा ह्विल लक गरेको हो । ट्राफिक प्रहरी महाशाखाका अनुसार सडकमा पार्किङ गरेका कारण प्रहरी गाडीलाई कारवाही गरिएको हो ।

उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाही गरिएको महाशाखा प्रमुख भीम ढकालले बताए । उनले नियम मिच्ने कसैलाई पनि नछोड्ने बताए । पछिल्लो समय ट्राफिक प्रहरीले सडकमा पार्किङ गर्ने सवारीसाधनमा ह्विल लक लगाउने गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  २ : २६ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया