सङ्कटा क्लब र ब्रिगेड ब्वाइजबीच गोलरहित बराबरी « Khabarhub

सङ्कटा क्लब र ब्रिगेड ब्वाइजबीच गोलरहित बराबरी


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सङ्कटा क्लबले ब्रिगेड ब्वाइज (बीबीसी) क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा सङ्कटा र बीबीसी क्लबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएसँगै दुवै टोलीले १–१ अङ्क बाँडेका हुन् ।

खेलको विभिन्न समयमा दुवै टोलीले गोल गर्ने अवसर पाएता पनि त्यसको सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुङ्गिन पुग्यो । खेलमा बीबीसीका गोलरक्षक विशाल सुनार म्यान अफ द म्याच घोषित भए ।

जारी लिगमा सात खेल खेलेको सङ्कटाले दुई जित, तीन बराबरी र दुई हारसहित नौ अङ्क जोडेको छ । त्यसैगरी समान सात खेल नै खेलेको ब्रिगेड ब्वाइजले दुई जित, तीन हार र दुई बराबरीसहित आठ अङ्क जोडेको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ३ : ४६ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु