राष्ट्रियसभा चुनावः फोटोसहितको परिचयपत्र देखाएर पनि मतदान गर्न पाइने « Khabarhub

राष्ट्रियसभा चुनावः फोटोसहितको परिचयपत्र देखाएर पनि मतदान गर्न पाइने


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रको विकल्पमा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रको आधारमा पनि मतदान गर्नसक्ने व्यवस्था मिलाएको छ ।

प्रदेशसभा सदस्य वा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुखको प्रमाणको यकिन गर्न निर्वाचित भएको प्रमाणपत्र र यसअघिका निर्वाचनमा प्रयोग भएको मतदाता परिचयपत्र लिएर मतदानका लागि आउन आयोगले मतदातालाई सुचित गरेको छ ।

आयोगका सहसचिव राजकुमार श्रेष्ठद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, प्रमाणपत्र हराए वा नष्ट भएमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रको आधारमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था हुनेछ ।

आयोगले त्यसका लागि आवश्यक व्यवस्थापन मिलाउन निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । उक्त निर्वाचनका सन्दर्भमा आज राति १२ बजेबाट मौन अवधि शुरु हँुदैछ ।

यस निर्वाचनबाट ५९ सदस्यीय स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभामा १८ जना नयाँ सदस्यको चयन हुने छ । उन्नाईस सदस्यको आगामी फागुन २० गते दुईवर्षे कार्यकाल पूरा हुँदैछ । उनीरुको कार्यकाल पूरा हुनु ३५ दिनअघि नै नयाँ सदस्यका लागि निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

रिक्त हुने एक जना सदस्यको भने सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ५ : १५ बजे

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : निस्कल राई

काठमाडौँ– नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारले सार्वजनिक गरेको नीति

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : सांसद राई

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ओरेन राईले प्रधानमन्त्री सदनमा उपस्थित

प्रधानमन्त्री जनताप्रति उत्तरदायी नभए सरकार बलियो हुँदैन : राप्रपा सचेतक ओली

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु ओलीले सदनमा

सरकारी अस्पतालको जग्गा संरक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका प्रमुख सरकारी अस्पतालहरूलाई आफ्नो

तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो

मुस्ताङ– उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका- ५ लोमान्थाङका होटलहरु विदेशी पर्यटकले