बागमती प्रदेशभर विद्युतीय बस सञ्चालनको योजना « Khabarhub

बागमती प्रदेशभर विद्युतीय बस सञ्चालनको योजना


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्थानीय तथा प्रदेश सरकारको समन्वयमा बागमती प्रदेशभरि विद्युतीय बस चलाउने योजना अगाडि सारिएको छ ।

काठमाडौँ, धुलिखेल, हेटौँडासहित बागमती प्रदेशभरि नै विद्युतीय सवारीसाधन सञ्चालन गर्न प्रदेश सरकार, काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिका तथा टोखा नगरपालिकाका नगर प्रमुखबीच सोमबार हेटौँडा सहमतिसँगै यो योजना अगाडि बढ्ने भएको हो ।

त्यसैगरी, बागमती प्रदेश सरकारले अगाडि बढाउने विकास योजनामा प्रदेशका सबै स्थानीय तहलाई सहभागी गराइने र स्थानीय तहले पनि सक्दो लगानी गर्ने सहमति प्रदेश सरकार र स्थानीय तहबीच भएको हो । बागमती प्रदेशको राजधानी हेटौँडामा प्रदेश सरकार र स्थानीय सरकारबीच भएको बैठकले सो सहमति गरेको थियो ।

बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्य दीपक निरौला, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी विद्युतीय बस चलाउन सहमत भएका हुन् ।

प्रदेशको तीव्र विकासका लागि बागमती प्रदेश सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्न लागेको पनि मुख्यमन्त्री पौडेलले जानकारी दिए । उनले भने, ‘प्रदेशको भौतिक निर्माणलाई तीव्रता प्रदान गर्न तथा कम समय र लगानीमा गुणस्तरीय विकास गर्न प्रदेश सरकारले ‘प्रदेश पूर्वाधार निर्माण कम्पनी’ स्थापना गर्न लागेको हो ।’

ललितपुर महानगरपालिका प्रमुख महर्जनले दिगो विकास लक्ष्य, २०३० अनुसार विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउन बागमती सरकारको तर्फबाट एउटा कम्पनीको व्यवस्थापन गर्ने र त्यो कम्पनीमा मुख्यतः प्रदेशका सबै महानगरपालिका र नगरपालिका समावेश भएर लगानी गर्ने निर्णय भएको जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ७ : २५ बजे

सिलिङमा स्वास्थ्य मन्त्रालयको बजेट नौ अर्ब घट्यो

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३ ०८४

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिएपछि बढ्दो

सांसदहरूलाई रविले भने : सरकार बनेको बेलुकाबाटै ढाल्न लाग्छन्, सचेत हुनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई संयमितता

हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल  

काठमाडौं– एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ।

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको