सवारीको चाप व्यवस्थित गर्न ३ तहको रुट चलाइने « Khabarhub

सवारीको चाप व्यवस्थित गर्न ३ तहको रुट चलाइने


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यातायात व्यवस्था विभागले उपत्यकाका सडकहरूलाई तीन तहमा प्राथमिकीकरण गरी रुट प्रणाली तयार गरेको छ । तर यसको कार्यान्वयनमा ढिलाइ भएको छ।

एक वर्षअघि सवारी साधनको चाप व्यवस्थित गरी ट्राफिक व्यवस्थापनका लागि नयाँ रुट प्रणाली लागू गर्न सडकलाई प्राथमिकीकरणका आधारमा विभाजन गरिएको थियो। रुट व्यवस्थापनका लागि अध्ययन प्रतिवेदन तयार गरे पनि विभागले कार्यान्वयन अझै गरेको छैन। विभाग कार्यान्वयनको तयारीमा रहेको जनाइएको छ।

विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार अहिले अपडेटको काम चलिरहेको छ । जतिसक्दो चाँडो कार्यान्वयनमा लैजाने योजनामा रहेको उनले बताए । एक वर्ष अघिदेखि नै विभागले कार्यान्वयनको तयारीमा रहेको जनाउँदै आएको छ। विभागका अनुसार प्राथमिक, द्वितीय र तृतीय गरी तीन तहको रुटको अवधारणा बनाइएको छ।

प्राथमिक रुटमा चक्रपथसँगै आसपासका सडकलाई लिइएको छ। जहाँ ठूला सवारीसाधन र यात्रुवाहक सवारी साधनलाई चल्न दिइने छ। द्वितीय रुटमा मझौला सवारीसाधन सञ्चालन हुनेछन्। हाल नेपाल यातायात लगायतका मझौला सवारी साधनलाई द्वितीय रुटमा सञ्चालन गरिने छ। यो रुट प्राथमिक रुटभन्दा छोटो हुनेछ।

तृतीय तहको रुटमा साना सवारी सञ्चालन हुनेछन्। ट्याक्सी लगायतका सवारी यसमा चल्नेछन्। यी छोटा दूरीका रुट हुनेछन्। यो रुट प्रणाली लागू भएपछि अहिले जस्तो सबै सवारीसाधन एउटै रुटमा चल्न पाउने छैनन्। रुट प्रणालीको नयाँ रुट प्रणालीअनुसार एउटै रुटमा सबै गाडी गुड्न पाउने छैनन्। तोकिएको रुटमा तोकिएका सवारी गुड्नेछन्। जसले गर्दा ट्राफिक व्यवस्थापन सहज भई दुर्घटनामा कमी आउने महानिर्देशक हमालको भनाइ छ।

सार्वजनिक सवारी व्यवस्थित र तोकिएको रुटमा मात्र चल्नेछन्। यातायात व्यवस्था विभागले उपत्यकाका सयौँ रुट व्यवस्थित गर्न छ वर्षअघि नै ६६ वटा रुटमा झारेको थियो। हाल तीनवटा रुट थप गरी ६९ वटा पुर्‍याइएको छ। नयाँ रुटका सम्बन्धमा यातायात व्यवसायीसँग पनि छलफल भइसकेको विभागले जनाएको छ।

यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्न जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रणालीमा जोड्ने तयारी टेन्डर प्रक्रियाको चरणमा छ।

चालू आर्थिक वर्षमै टेन्डर गरी कार्यान्वयनमा जाने महानिर्देशक हमालको भनाइ छ। उनका अनुसार जीपीएस जडान भएपछि ट्राफिक प्रहरीलाई ट्याकिङ गर्न र गति थाहा पाउन सजिलो हुने छ। साथै सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न पनि सहयोग हुने विभागको दाबी छ।

विश्व बैङ्कको सहयोगमा काम सुरु गरिएको विभागले जनाएको छ। त्यसका लागि बिजनेस प्लान अन्तिम चरणको पुगेको हमालले जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ७ : ४० बजे

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

गण्डकी– पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । यहाँस्थित

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक