कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने, सापकोटा निर्विरोध निर्वाचित हुने सम्भावना « Khabarhub

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने, सापकोटा निर्विरोध निर्वाचित हुने सम्भावना


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको भावी सभामुख पदका लागि उम्मेदवारी नदिने भएको छ ।

मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

प्रतिनिधिसभामा स्पष्ट बहुमत रहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । संघीय संसद सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार सापकोटाले मंगलबार बिहान सभामुखका लागि उम्मेदवारी समेत दर्ता गरिसकेका छन् ।

सभामुखका लागि नेकपाका उम्मेदवार सापकोटालाई संघीय संसदको चौठो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले समेत समर्थन गरेको छ ।

राजपकाको समर्थनसँगै सभामुख निर्वाचनका लागि नेकपा उम्मेदवार सापकोटाको पक्षमा दुई तिहाइ बहुमत जुटेको छ । यद्यपि, नेकपा सांसद सापकोटा निर्विरोध निर्वाचित हुने संभावना पनि छ ।

प्रतिनिधिसभाको दोस्रो ठूलो दल कांग्रेसले उम्मेदवार नउठाउने निर्णय गरेपछि सापकोटा निर्विरोध निर्वाचित हुने संभावना बढेको हो ।

संघीय संसद सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार दिउँसो २ बजेसम्म मात्रै सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्न सकिने छ ।

सचिवालयले मंगलबार दिउँसो साढे २ बजे नै सभामुखको उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने छ ।

प्रतिनिधिसभाको माघ १२ गते बस्ने बैठकमा सभामुख निर्वाचनका लागि उम्मेदवारहरुको प्रस्ताव निर्णयार्थ पेश गरिने छ ।

एउटा मात्रै उम्मेदावरी परेका हकमा भने निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  १२ : १५ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको