मेलम्चीको मुहानसम्मको सडक निर्माण शुरु « Khabarhub

मेलम्चीको मुहानसम्मको सडक निर्माण शुरु


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‍ं –  मेलम्ची खानेपानी आयोजनाको मुहानसम्मको सडक निर्माण अघि बढेको छ । जिरो किलोबाट २५ किमी सडकमध्ये बाँकी रहेको १० किमी सडक निर्माण शुरु भएको हो ।

सडक विभागले जिरो किलोबाट मेलम्ची बजारसम्मको १५ किमी सडक कालोपत्र गरेको थियो । अहिले मेलम्ची बजारबाट याङ्ग्री खोला र ‘हेडबक्स’ सम्मको सडक निर्माण गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

सो स्थानमा सडक र पुल निर्माणका लागि गत वर्ष नै ठेक्का सम्झौता भएको थियो ।

सडक निर्माणका लागि जग्गा अधिग्रहणको समस्या रहेको प्रवक्ता पन्तले बताए । अहिले सडकको ट्र्याक खोल्ने काम सकिएको छ । उनले भने,“मालबाहक सवारीसाधन सो सडकमा गुडिरहेका छन् ।” आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाले सो स्थानमा आवश्यक पूर्वाधार निर्माण गरेर मात्रै खानेपानी लैजानुपर्ने बताउँदै आएका थिए । मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई लक्षित गरी सरकारले खानेपानीको व्यवस्थापन गर्ने, सडक निर्माण गर्नेलगायतका काम शुरु गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगिरहँदा समितिले स्थानीयवासीको माग सम्बोधनमा ध्यान दिएको हो । यसअघि नै खानेपानी तथा सरसफाइ मन्त्रालयले त्यहाँ कार्यरत कामदारको भुक्तानी गरिसकेको छ ।

इटालीको कम्पनी सिएमसीले भुक्तानी बाँकी कामदारमध्ये अधिकांश स्थानीयवासी नै छन् । अझैसम्म आपूर्तिकर्ताको भुक्तानी भने हुन बाँकी छ । आपूर्तिकताको भुक्तानी कति बाँकी छ भन्ने अध्ययन गर्न मन्त्रालयमा समिति गठन भएको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  २ : २२ बजे

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुर पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने