मेलम्चीको मुहानसम्मको सडक निर्माण शुरु « Khabarhub

मेलम्चीको मुहानसम्मको सडक निर्माण शुरु


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‍ं –  मेलम्ची खानेपानी आयोजनाको मुहानसम्मको सडक निर्माण अघि बढेको छ । जिरो किलोबाट २५ किमी सडकमध्ये बाँकी रहेको १० किमी सडक निर्माण शुरु भएको हो ।

सडक विभागले जिरो किलोबाट मेलम्ची बजारसम्मको १५ किमी सडक कालोपत्र गरेको थियो । अहिले मेलम्ची बजारबाट याङ्ग्री खोला र ‘हेडबक्स’ सम्मको सडक निर्माण गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

सो स्थानमा सडक र पुल निर्माणका लागि गत वर्ष नै ठेक्का सम्झौता भएको थियो ।

सडक निर्माणका लागि जग्गा अधिग्रहणको समस्या रहेको प्रवक्ता पन्तले बताए । अहिले सडकको ट्र्याक खोल्ने काम सकिएको छ । उनले भने,“मालबाहक सवारीसाधन सो सडकमा गुडिरहेका छन् ।” आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाले सो स्थानमा आवश्यक पूर्वाधार निर्माण गरेर मात्रै खानेपानी लैजानुपर्ने बताउँदै आएका थिए । मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई लक्षित गरी सरकारले खानेपानीको व्यवस्थापन गर्ने, सडक निर्माण गर्नेलगायतका काम शुरु गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगिरहँदा समितिले स्थानीयवासीको माग सम्बोधनमा ध्यान दिएको हो । यसअघि नै खानेपानी तथा सरसफाइ मन्त्रालयले त्यहाँ कार्यरत कामदारको भुक्तानी गरिसकेको छ ।

इटालीको कम्पनी सिएमसीले भुक्तानी बाँकी कामदारमध्ये अधिकांश स्थानीयवासी नै छन् । अझैसम्म आपूर्तिकर्ताको भुक्तानी भने हुन बाँकी छ । आपूर्तिकताको भुक्तानी कति बाँकी छ भन्ने अध्ययन गर्न मन्त्रालयमा समिति गठन भएको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  २ : २२ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा