सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी | Khabarhub Khabarhub

सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सभामुख पदका लागि अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी  दर्ता भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट सापकोटाको एक्लो उम्मेदवारी परेको हो ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रस्ताव तथा नेकपाका प्रमुख सचेतक देव गुरुङ, नेकपाकै सांसद एवम् पूर्व सभामुख ओनसरी घर्ती र राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले सभामुखको उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रतिनिधिसभाको दोस्रो ठूलो तथा प्रमुख प्रतिपक्षी दलले भने सभामुखमा उम्मेदवारी दिएन । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवार नदिने निर्णय गरेको थियो ।

प्रतिनिधिसभाको दोस्रो ठूलो दल कांग्रेसले उम्मेदवार नउठाउने निर्णय गरेपछि सापकोटा निर्विरोध निर्वाचित हुने लगभग पक्का भएको छ ।

संघीय संसद सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार दिउँसो २ बजेसम्म मात्रै सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने समय थियो ।

उम्मेदवार दर्ता गर्ने समय सकिएसँगै संसद सचिवालयले सभामुख पदका लागि दर्ता भएका उम्मेदवारको अन्तिम सूची प्रकाशन गरेको छ ।

प्रतिनिधिसभाको माघ १२ गते बस्ने बैठकमा सभामुख निर्वाचनका लागि उम्मेदवारहरुको प्रस्ताव निर्णयार्थ पेश गरिने छ ।

एउटा मात्रै उम्मेदावरी परेका कारण माघ १२ गते बस्ने प्रतिनिधिसभा बैठकले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ३ : १० बजे

दुग्ध उत्पादनमा आकर्षित गर्न ‘नश्ल सुधार कार्यक्रम’

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्नका लागि

म्याग्दीको कोसेली टिमुरका परिकार

म्याग्दी– मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले

कांग्रस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ ।

त्रिवेणी सिन्थेटिकले तिर्‍यो बक्यौताको पहिलो किस्ता : काटिएको विद्युत लाइन जोडियो

काठमाडौं – बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज

तीन महिनामा वीरगञ्ज नाकाबाट दुई खर्ब १८ अर्बको सामान आयात

पर्सा– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा दुई