‘संस्थागत निर्णय गरेरमात्र सरकारमा जाऊ’ « Khabarhub

‘संस्थागत निर्णय गरेरमात्र सरकारमा जाऊ’


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेताले सरकारमा जाने विषयमा पार्टीभित्र संस्थागत निर्णय गरेरमात्र अगाडि बढ्न लिखित माग गरेका छन् ।

राजपाका वरिष्ठ उपाध्यक्षहरु सर्वेन्द्रनाथ शुक्ला र वृषेशचन्द्र लाल, उपाध्यक्ष गोविन्द चौधरी र रमेशप्रसाद यादव तथा महासचिव विजयकुमार सिंहले आज अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवलाई पत्र लेख्दै पार्टीभित्र संस्थागत निर्णय गरेरमात्र सरकारमा सहभागी हुने माग गरेका हुन् ।

“सरकारमा सहभागी हुने जस्तो गम्भीर विषयमा पार्टीको राजनीतिक समिति र पार्टीको केन्द्रीय समितिमा छलफल गर्नु आवश्यक छ । अतः यसबारे पार्टीमा संस्थागत निर्णयमार्फत मात्र निष्कर्षमा पुग्न हामी माग गर्दछौं”, पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा संविधान संशोधन गई मधेशी, थारू, आदिवासी जनजाति, दलित, मुस्लिमलगायत मुद्दा सम्बोधन तथा रेशम चौधरीलगायत आन्दोलनकारीमाथि चलाइएका राजनीतिक मुद्दाहरु खारेज गरी तिनको रिहाइ नहुन्जेल सरकारमा सामेल हुनु भनेको सयौँ शहीदको बलिदान र आन्दोलनकारीको सङ्घर्षको अपमान हुने ठहर गरिएको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ५ : ४८ बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी