अभिषेक बच्चनको सरप्राइज घोषणा, फ्यानले सोधे – दोस्रो बच्चा ? « Khabarhub

अभिषेक बच्चनको सरप्राइज घोषणा, फ्यानले सोधे – दोस्रो बच्चा ?


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता अभिषेक बच्चनले मनमर्जिया फिल्ममा गरेको अभिनयको धेरैले तारिफ गरेका थिए । उनले एक सस्पेन्स थ्रीलर फिल्मको घोषणा गरिसकेका छन् ।

हालै अभिषेकले सामाजिक सञ्जालमार्फत फेरि सरप्राइजको घोषणा गरेका छन् । योसँगै फ्यानले ऐश्वर्या राय गर्भवती भएको अड्कल काट्न थालेका छन् ।

बुबा अमिताभ बच्चनजस्तै अभिषेक पनि सामाजिक सञ्जालमा सक्रिय रहन्छन् । फ्यानलाई उनले अपडेट दिइरहेका हुन्छन् । हालै उनले ट्वीटरमा लेखे, ‘साथी हो, तपाईं सबैका लागि एक सरप्राइज छ, जोडिँदै गर्नुस् ।’

अभिषेकले यो पोस्ट गरेपछि उनका फ्यानले सरप्राइज जान्नका लागि कमेन्ट गरेका छन् । धेरैले अभिषेक पुन: बुबा बन्न लागेको अड्कल काटेका छन् ।

यद्यपि अभिषेकले के शेयर गर्न लागेका हुन् भन्ने अहिले कसैलाई थाहा छैन । उनले कुनै फिल्मको घोषणा पनि गर्न लागेका हुनसक्ने कतिपयको अनुमान छ ।

अभिषेकले नायिका ऐश्वर्या रायसँग बिहे गरेका थिए । यी दुईकी एक छोरी छिन् । धेरैले ऐश्वर्या र अभिषेककी छोरी आरध्याले भाइ उपहार पाउने अड्कल काटेका छन् ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १२ : ११ बजे

फाल्कल्यान्डको ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा : फिफाको कारबाहीमा पर्न सक्ने

काठमाडौँ – फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई पराजित गरेपछि

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जर्सीविरुद्धको एकदिवसीय शृङ्खला नेपाललाई : पाण्डेले बनाए ९० रन

काठमाडौँ – नेपालले जर्सीविरुद्धको दुई खेलको एकदिवसीय क्रिकेट शृङ्खला जितेको

विश्वकप उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

काठमाडौँ– स्पेन र साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर