आन्तरिक कलहमै कांग्रेस, एकअर्काका कमजोरी केलाउँदै गुट बनाउँदै « Khabarhub

आन्तरिक कलहमै कांग्रेस, एकअर्काका कमजोरी केलाउँदै गुट बनाउँदै


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको तीन वर्ष पुगेको छ । यो अवधिमा उनले पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्न त सकेनन नै असन्तुष्ट पक्षलाई साथ लिएर संगठन चलाउन पनि असफल देखिएको नागरिक दैनिकमा खबर छ ।

महाधिवेशन भएको २ महिनाभित्र गठन गरिसक्नुपर्ने पार्टीका विभाग र निकायलाई अझै पूर्णता दिन नसकेको उनले ३ वर्ष कहिले सहमतिबाट त कहिले विधानको प्रावधानबाट अघि बढ्ने प्रयत्न गर्दै विताएका छन् । त्यसमा पनि कांग्रेसभित्रको समस्या भनेको गुटगत राजनीति हो । नेताहरुले एक अर्काका कमजोरी केलाउँदै आआफ्नो गुट बलियो बनाउनेतिर लागेपछि पार्टीभित्रको समस्या झन झागिँदै गएको छ ।

त्यस्तै विप्लवमाथिको प्रतिबन्ध निर्णयले नेकपामा असन्तुष्टि बढेको छ । सचिवालय सदस्यले नेकपा अध्यक्ष प्रचण्डसँग बेग्लै छलफल गरेका छन् । सरकारको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

त्यस्तै अदालतमा बिचौलिया रोक्न निर्देशन शीर्षकको समाचारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अदालतमा बिचौलिया चिनेर रोक्न, न्यायाधीश र कर्मचारीको अनुशासनसमेत अनुगमन गरी प्रतिबेदन पेस गर्न मुख्य न्यायाधीशलाई अधिकारसहितको लिखित निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ७ : ०२ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको