सामाजिक सञ्जालमा चर्चित महिलालाई आउँछ मोटो रकमसहितको प्रस्ताव, पाँच रातको ७५ लाख ! « Khabarhub

सामाजिक सञ्जालमा चर्चित महिलालाई आउँछ मोटो रकमसहितको प्रस्ताव, पाँच रातको ७५ लाख !


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले पछ्याउने ख्यातिप्राप्त र प्रभावशाली महिलाहरुलाई दैनिक जसो नचिनेका मानिसहरुबाट मोटो रकमको प्रलोभन देखाएर यौन सम्पर्कका लागि प्रस्तावहरु आउने गरेको तथ्य सार्वजनिक भएको छ ।

बीबीसीले आयोजना गरेको एक कार्यक्रममा यस्तो तथ्य सार्वजनिक भएको हो । बीबीसीको भिक्टोरिया डार्बिशर कार्यक्रमबाट धेरै फलोअर भएका महिलाहरुलाई पुरुषहरुले ठूलो रकमसहित यौन प्रस्ताव गर्ने गरेका हुन् ।

एक प्रसिद्ध महिला सेलेब्रेटीले सामाजिक सञ्जाल पुरुषहरूलाई नयाँ महिला खोज्ने माध्यम नै भएको बताइन् । “यो त अब धेरै धनी मानिस सामेल भएर निकै धेरै रकम खर्च गरिने वेश्यावृत्ति जस्तै भएको छ। कसैले मलाई त्यस्तो प्रस्तावसहित सन्देश पठायो होला भनेर सोच्न पनि डर लाग्छ। उनीहरूले इन्स्टाग्रामका हजारौँ सुन्दरी केटीहरूलाई त्यस्तै सन्देश पठाइसकेको हुन सक्छ,” टाइन-लेक्सी क्लार्सन भन्छिन् ।

टाइन-लेक्सी क्लार्सनलाई इन्स्टाग्राममा लाखौँ मानिसले पछ्याइरहेका छन् । उनी भन्छिन् उनलाई २० हजार पाउन्ड (झन्डै ३० लाख नेपाली रुपैयाँ) सहित साँझको खाना र पेय पदार्थको लागि आउन भन्दै कसैले सन्देश पठाउँदा उनी १९ वर्षकी थिइन् ।

लभ आइल्यान्ड भन्ने टेलिभिजन कार्यक्रमको दोस्रो भागमा काम गरिसकेपछि उनलाई एउटा एजेन्सीले दुबईमा पाँच रात बिताउनका लागि ५० हजार पाउन्ड (झन्डै ७५ लाख रुपैयाँ) दिने प्रस्ताव गर्‍यो। त्यसमा के के काम हुनेछ भन्ने विवरण गोप्य राख्नु पर्ने एउटा सर्त पनि राखिएको उनले बताइन् ।

टाइन-लेक्सी भन्छिन् उनले त्यो प्रस्ताव अस्वीकार गरिन् । तर उनको चिन्ता छ कि उदाउँदै गरेका ‘इन्फ्लुएन्सर’हरू आफूलाई चाहिने विलासी सामग्री खरिद गर्न र आफ्नो “आवरण तथा भेषभूषा चुस्त दुरुस्त राख्नका लागि” त्यस्ता कारोबारहरूमा फस्न सक्ने जोखिम रहिरहन सक्छ ।

“केही मानिसका लागि त्यो एकदमै धेरै पैसा हो, त्यो जीवन नै बदलिदिन सक्ने परिमाणको पैसा हो।”

लभ आइल्यान्ड भन्ने टेलिभिजन कार्यक्रमको तेस्रो भागमा काम गरेकी रोजी विलियम्स् भन्छिन् उनलाई दुबईको एक पुरुषले आफ्नी मित्र बनिदिए बापत एक वर्षमा एक लाख पाउन्ड (झन्डै डेढ करोड रुपैयाँ) र सबै कपडा र झोलाहरू किनिदिने प्रस्ताव गरेका थिए।

उनले आफूलाई दुबई शहरमा रहेको बताउने एक पुरुषबाट आफूलाई प्राप्त एक सन्देश हामीलाई देखाइन् । त्यो सन्देशमा ती पुरुषले “एक महत्त्वपूर्ण कारोबार”बारे कुरा गर्ने उल्लेख गरेका छन्। रोजीका अनुसार त्यस्ता सन्देशहरूमा यस्ता शब्दावाली सामान्य हुन्।

तर उनी भन्छिन् जत्ति नै पैसाको प्रस्ताव गरिएपनि उनी कुनै प्रलोभनमा पर्ने छैनन्।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १ : ४७ बजे

नौ महिनामा वीरगञ्ज भन्सारबाट करिब ७ अर्बको सामान आयात

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

एम्बाप्पे र भिनिसियस चम्किएपछि म्याड्रिडको जित: अलाभेस पराजित

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहानको खेलमा रियल

पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै रहने

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको अवधि

हैदराबादको ‘हाइ–स्कोरिङ’ खेलमा अभिषेकको आक्रामक शतक : दिल्ली ४७ रनले पराजित

हैदराबाद– युवा प्रारम्भिक ब्याटर अभिषेक शर्माको विष्फोटक अविजित शतकको मद्दतले