राष्ट्रिय सभा निर्वाचन– सुदूरपश्चिममा सम्पूर्ण तयारी पूरा « Khabarhub

राष्ट्रिय सभा निर्वाचन– सुदूरपश्चिममा सम्पूर्ण तयारी पूरा


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिपायल– राष्ट्रियसभा सदस्य पदमा सुदूरपश्चिम प्रदेशबाट निर्वाचित हुने २ सदस्य पदका लागि बिहीबार हुन गइरहेको निर्वाचनको सम्पूर्ण तयारी लगभग पूरा भएको छ ।

निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश बिदुर काफ्लेले सो निर्वाचनको मतदाताका रूपमा रहेका प्रदेशसभाका सदस्य, नगरपालिकाका प्रमुख/उपप्रमुख र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष मतदानस्थलमा पुग्ने क्रम शुरु भएको बताए ।

प्रदेशको पुरानो सदरमुकाम डोटीको सिलगढीस्थित पद्मपब्लिक हाइस्कुललाई मतदान केन्द्र तोकिएको छ । निर्वाचनमा सुदूरपश्चिम प्रदेशसभामा रहेका ५३ सदस्य र प्रदेशका ८८ स्थानीय तहका प्रमुख/उपप्रमुख १७६ गरी कूल मतदाता २२९ रहेका छन् । मतदाताको मतभार भने फरक–फरक रहेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार एक प्रदेशसभा सदस्यको मतभार ४८ रहेकामा स्थानीय तहका एक पदाधिकारीको मतभार १८ रहेको छ । प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३९, नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ सदस्य छन् ।

प्रदेशबाट निर्वाचित हुने ४ राष्ट्रियसभा सदस्य पदका लागि चारको उम्मेदवारी परेको छ । महिलातर्फ नेकपाले शारदा भट्ट तथा अन्य समूहतर्फ तारामान स्वाँर र नेपाली काँग्रेसले महिला तर्फ तुलसी देवकोटा तथा अन्य समूहतर्फ प्रतापसिंह ठगुन्नालाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १२ : १३ बजे

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि