ज्यानै लिन कोरोना भाइरसको यी हुन् लक्षण, यसरी जोगिनुस् « Khabarhub

ज्यानै लिन कोरोना भाइरसको यी हुन् लक्षण, यसरी जोगिनुस्


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीनमा देखा परेको नयाँ भाइरस कोरोनाले ९ जनाको ज्यान गएको छ भने सङ्क्रमित हुनेको सङ्ख्या पनि ४४० पुगेको छ ।

यस्तै श्वासप्रश्वासमा सङ्क्रमण गराउने कोरोना भाइरस पहिलो पटक आफ्नो भूमिमा फेला परेको अमेरिकाले पुष्टि गरेको छ ।

नेपालमा पनि यसको आशंकामा एक जना परीक्षण गरिएको थियो । चीनमा अध्ययनका लागि गएका नेपाली युवामा कोरोनाको आशंकामा परीक्षण गरिएको थियो । उनको स्याम्पल जाँचका लागि हिजो हङकङ पठाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन् ।

ज्वरो आउनु र खोकी लाग्नु
छिटोछिटो सास फेर्नु
श्वासप्रश्वासमा कठिनाइ हुनु
गम्भीर भएमा निमोनिया हुनु
सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु
मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ

कसरी जोगिन सकिन्छ ?

यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छः

नियमित रूपमा हात सफा गर्ने
खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
मासु र अण्डा राम्रोसँग पकाएर खाने
कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ३ : ३१ बजे

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ

गड्यौलाकाे मल बेचेर २५ लाखसम्म आम्दानी

दाङ–  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट