दामनमा ज्यान गुमाएका ८ भारतीय मृत्युको कारण अक्सिजन अभाव | Khabarhub Khabarhub

दामनमा ज्यान गुमाएका ८ भारतीय मृत्युको कारण अक्सिजन अभाव


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु अक्सिजन अभावका कारण भएको पुष्टी भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्ट अनुसार मंगलबार मृत्यु भएका ८ जनामै अक्सिजनको मात्रा कम भएको उल्लेख छ । अक्सिजनको मात्रा कम हुनुको कारण भने कार्बन मोनोअक्साइड ग्यासको विषाक्तता भएको बताइएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक मेडिसिन विभागले आठै जनाको शव परीक्षणका क्रममा दुखाईरहित मृत्यु भएको पहिचान गरेको छ ।

विभागका अनुसार उर्जाको रुपमा प्रयोग हुने ग्याँस, दाउरा, तेल पूर्णरुपमा नजल्दा बन्द कोठामा निस्कने कार्बन मोनोअक्साइडको मात्र बढी भएपछि श्वासप्रश्वासका माध्यबाट मानिसको रगतमा मिसिएर अक्सिनको मात्रा कम गराउँदै शरिरका कोषहरु मार्दै पूर्णरुपमा मानिसको मृत्यु नै हुने गर्दछ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ९ : १२ बजे

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पाँचवटा रिट दायर भएको छ

सुरु भयो ‘कबड्डी ५’को सुटिङ, यसपटक विपीन र सिर्जनाको प्रवेश

काठमाडौं – हिट फिल्म ‘कबड्डी’को पाँचौ श्रृङ्खला ‘कबड्डी ५ :

फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए कारागार 

काठमाडौं -कारागारबाट फरार भएकामध्ये एक सय १३ जना कैदीबन्दी आफैँ

हेटौँडा उपमहानगरपालिकाद्वारा प्लाष्टिकको फूल बिक्री वितरण तथा प्रयोगमा रोक

बागमती– मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले प्लास्टिकको फूल बिक्री, वितरण तथा उत्पादनमा

शिविरबाट एक हजार ३७५ लाभान्वित

गलकोट– जैमिनी नगरपालिकामा अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।