नवजात शिशु र आमा जोगाउन विशेष तालिम « Khabarhub

नवजात शिशु र आमा जोगाउन विशेष तालिम


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- नवजात शिशु तथा मातृ मृत्युदर घटाउन स्वास्थ्यकर्मीलाई विशेष तालिम ‘मास्टर प्रशिक्षक कोर्ष’ दिइएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा कार्यरत ८० स्वास्थ्यकर्मीले चारदिने तालिम पुरा गरेका हुन ।

बच्चालाई निस्सासिँदो अवस्था तथा सुत्केरी अवस्थामा आमाको अत्यधिक रक्तश्रावले हुने मृत्युबाट जोगाउने ध्येयले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, सफा सुनौलो नेपाल र ल्याटर–डे–च्यारिटिजको संयुक्त तत्वाधानमा यहाँ तालिम सञ्चालन गरिएको थियो ।

कर्णालीका १० जिल्लासहित दाङ, बाँके र बर्दियामा कार्यरत नर्स तथा अनमीले सो तालिम प्राप्त लिएको सफा सुनौलो नेपालका सचिव राकेश हमालले जानकारी दिनुभयो । सहभागीलाई सुत्केरी अवस्थामा आमा र बच्चाको स्वास्थ्य कसरी सुरक्षित गर्ने भन्ने सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

कर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष अमरबहादुर थापाले बच्चा र आमाको जीवन बचाउन तालिम लिएका स्वास्थ्यकर्मी प्रमुख आधार हुने बताए ।

उनले भने, ‘आमा र बच्चाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन चिकित्सक एवं स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको छ । यद्यपि रुढीवादी सोचमा परिवर्तन हुन नसकेसम्म यहाँका आमा र शिशुको मृत्युदर कमी ल्याउन अझ बढी चुनौती देखिन्छ ।’

प्रदेशसभा सदस्य पद्मा खड्काले भौगोलिक विकटताका कारण पनि कर्णालीको स्वास्थ्य अवस्था सुधार ल्याउन समस्या भएको बताए ।

प्रमुख प्रशिक्षक डा माइकलले ‘मास्टर तालिम कोर्ष’ कर्णालीका लागि कोशेढुङ्गा सावित हुने र तालिम लिएका स्वास्थ्यकर्मीबाट आमा तथा नवजात शिशु मृत्युदरमा कमी रहेको बताए । ल्याटर–डे–च्यारिटिजका कन्ट्री डाइरेक्टर भोन्डेन वर्गले प्रशिक्षक कोर्ष प्राप्त गर्ने सबै स्वास्थ्यकर्मीलाई इमान्दार एवं लगनशील भएर काम गर्नुका साथै प्रशिक्षक कोर्षबाट सिकेका कुरा अरुलाई सिकाउनसमेत आग्रह गरे ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स सिर्जना कार्कीले ‘मास्टर प्रशिक्षक कोर्ष’ चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि उचित मार्गनिर्देशन हुने बताइन ।

कर्णालीको स्वास्थ अवस्थामा अपेक्षित सुधार नआउँदा विगत तीन वर्षमा यहाँका १९५ महिला तथा गतवर्ष १४३ नवजात शिशुको मृत्यु भएको थियो । राष्ट्रिय औसतमा प्रतिएकहजार जीवित जन्ममा नवजात शिशु मृत्युदर २१ हुँदा कर्णालीमा २९ रहेको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ९ : ५९ बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका