‘चट्ट रुमाल क्या मालुम’ गीत विवाद: निर्देशकले माफी मागे « Khabarhub

‘चट्ट रुमाल क्या मालुम’ गीत विवाद: निर्देशकले माफी मागे


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही दिनदेखि फिल्म ‘आफ्नो मान्छे’ को गीत ‘चट्ट रुमाल क्या मालुम’ चर्चामा छ । उक्त गीत सम्राट शाक्य निर्देशित फिल्म ‘यात्रा’ मा रिमेक भर्सनमा समावेश गरिएपछि पुरानो गीत पनि चर्चामा आएको हो ।

यो गीत सार्वजनिक भएपछि चर्चासँगै गीतको भिडियोलाई लिएर केही दर्शकले दुखेसो पोखेका छन् । दर्शकले रिमेक गीत वास्तविक गीतजस्तो  स्तरीय नभएको, गीतको मर्म बिग्रिएको भन्दै गाली समेत गरेका छन् ।

यसैबीच फिल्मका निर्देशक सम्राट शाक्यले गीतले दर्शकको चित्त बुझाउन नसकेकोमा माफी मागेका छन् । खबरहबसँगको भेटमा उनले आफूहरुले गीतमा नयाँ प्रयोग गर्न खोजेको तर दर्शकले पुरानो गीतलाई नभुलेको र सोही अनुसार नपाएकोमा आफूसमेत दुःखी भएको बताए ।

‘दर्शकले नेपाली सिनेमालाई निकै माया गर्नुहुँदो रहेछ, हामीले गीतमा नयाँपन दिन खोजेका थियौँ, तर दर्शकले पुरानो गीतलाई अझै सम्झिनुभएको रहेछ,’ निर्देशक शाक्यले भने, ‘यो गीतलाई हामीले अझै राम्रो बनाएर नयाँ तरिकाले प्रस्तुत गर्न खोजेका थियौँ, तर दर्शकले पुरानो ‘चट्ट रुमाल’ बिर्सिनुभएको रहनेछ ।’

साथै उनले कुराकानीमा दर्शकले आफ्नो आँखा खोलिदिएको पनि बताए । ‘दर्शकले आँखा खोलिदिनुभयो, निर्देशकका तर्फबाट मैले दर्शकसँग ‘सरी’ भन्छु ।’, उनले भने ।

फिल्म ‘यात्रा’ मा समावेश यो गीत रिलिज भएसँगै दर्शकले भिडियोमा पुरानो भिडियोले दिएको स्वाद पाउन सकेनन् । गीतमा हजारौँ नकारात्मक कमेन्ट आएपछि गीतमा स्वर दिएकी गायिका मेलिना राईले पनि सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेखेर गीत बिगारेको भन्दै आपत्ति जनाएकी थिइन् ।

म्युजिकल स्टोरी भनिएको यो फिल्ममा यात्राका क्रममा भेटिने कथालाई समेटिएको छ । फिल्ममा सलिनमान बनियाँ मुख्य आर्कषक बनेका छन् । सलिनसँगै मालिका महत, सलोन बस्नेत, रियर राई? प्रेक्षा बज्राचार्य, जाह्नवी बस्नेत, विशाल कटुवाल लगायतका कलाकारको अभिनय समेत फिल्ममा देख्न सकिनेछ ।

यस्तै चलचित्रमा चीनका जुन झाङ र केन्याका बोबीले पनि अभिनय गरेका छन् । फिल्ममा निर्माण सुशील पोखरेलको छ भने कथा तथा स्किृप्ट निर्देशक शाक्यको छ ।

नयाँ वर्षको मौका पारेर फिल्म यही चैत्र २९ गतेदेखि ‘यात्रा’ रिलिज हुँदैछ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  १० : १६ बजे

बालेन प्रधानमन्त्री भएदेखि उक्सिनै सकेन पुँजी बजार

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ले सरकारको नेतृत्व गरेपछि औसत रूपमा ओरालो

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित