विद्युतीय बस किन्न साझालाई दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय | Khabarhub Khabarhub

विद्युतीय बस किन्न साझालाई दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्युतीय बस किन्नका लागि सरकारले साझा यातायात सहकारीलाई उपलब्ध गराएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा तोकिएको समयमा साझाले बस खरिद गर्न नसकेको भन्दै सरकारले उक्त रकम फिर्ता लिने निर्णय गरेको बताए ।

२०७६ असार २४ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले साझालाई ३ सय वटा नयाँ विद्युतीय बस खरिद गर्न ३ अर्ब रुपैयाँ शेयरमार्फत लगानी गर्ने निर्णय गरेको थियो ।

उनका अनुसार अब विद्युतिय बस सरकार आफैले किन्ने भएको छ । विद्युतिय बस आपूर्तिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको बाँस्कोटाले बताए ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ३ : ५९ बजे

नेप्से १८ अंकले घट्यो, कारोबार कति ? 

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८ अंकले घटेको छ

युवा संघ नेपालका सह-संयोजक संजीव राई छ महिनाका लागि निलम्बन

काठमाडौं– युवा संघ नेपाल केन्द्रीय अनुशासन आयोगले सह–संयोजक संजीव राईलाई

सहरमा भन्दा गाउँमा बढ्यो महँगी

काठमाडौं– सहरमा भन्दा गाउँमा महँगी बढेको छ । गाउँमा एक वर्ष

गत वर्षमा विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– गत आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट विदेश पढ्न जाने

एक वर्षमा ८३ अर्ब १९ करोडको शेयर सूचिकृत 

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा ८३