प्रधानमन्त्रीद्वारा सशस्त्र प्रहरी बलको प्रशंसा « Khabarhub

प्रधानमन्त्रीद्वारा सशस्त्र प्रहरी बलको प्रशंसा


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रधामन्त्री केपी शर्मा ओलीले सशस्त्र प्रहरी बलले शान्ति, सुरक्षा, सुशासनलगायत क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेका छन् ।

१९औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरीले स्थापना कालदेखि नै शान्ति सुरक्षा, आतङ्कवादी क्रियाकलाप नियन्त्रण, जनताको जीउधनको सुरक्षा गर्दै सुशासन कायम गर्ने सन्दर्भमा इमानदारी र निष्ठापूर्वक काम गरेको बताए ।

उनले देश र जनताको पक्षमा क्रियाशील हुँदै आफ्नो जीवन अर्पण गर्ने सशस्त्र प्रहरी बलका सम्पूर्ण दर्जाका शहीद प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे । उनले भने, “सशस्त्र प्रहरी बलका सम्पूर्ण दर्जाका शहीद प्रहरीलाई हामीले केही समयअघि मात्रै शहीद घोषणा गरेका छौँ, उहाँहरुको वीरताको मुक्तकण्ठले प्रशंसा गर्न चाहान्छु, उहाँहरुले देशको शान्ति, सुरक्षा र अपनचयन कायम गर्न र जनताको जीउधनको सुरक्षाका लागि आफ्नो ज्यानको आहुती दिनुभयो, उहाँहरु प्रशंसनीय हुुनुहुन्छ ।”

प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरीले बाढीपहिरो, आगलागी, भूकम्प वा अन्य कठिनाइपूर्ण समयमा समेत असाधारण योगदान गरेको भन्दै विसं २०७२ को महाभूकम्पको बेला सशस्त्र प्रहरीले निभाएको कर्तव्य अतुलनीय रहेको बताए ।

सरकार संविधान कार्यान्वयन एवं सुशासन कायम गर्दै तीव्र विकासको बाटोमा अगाडि बढिरहेको उनले दावी गरे ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल निर्माणसँगै गरिबी, निरक्षरता र पछौटेपनको अन्त्य गरी विकसित र समृद्ध आधुनिक समाजको निर्माण गर्ने अभियानमा सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने , “सिङ्गो राष्ट्र सुशासन र विकासमा जुटेको छ, समृद्ध नेपालका लागि राष्ट्रभित्र राज्यका सबै अङ्गहरु, नागरिक समाजदेखि सर्वसाधारण नागरिकको योगदान आवश्यकता छ, यो आवश्यकता सशस्त्र प्रहरीले पूरा गरिरहेको छ ।”

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरीले राष्ट्रको सीमा सुरक्षा एवं विपत् व्यवस्थापन र जुवा नियन्त्रणको क्षेत्रमा उल्लेख्य काम गर्दै आएको बताए ।

उनले देश सङ्घीयताको कार्यान्वयनसँगै सङ्घीय संरचनाअनुसार अगाडि बढिरहेको सन्दर्भमा सशस्त्र प्रहरी बलको काँधमा सङ्घीय सरकारको आन्तरिक सुरक्षासँगै सीमा सुरक्षामा अहम जिम्मेवारी रहेको बताए ।

उनले भने, “सङ्घीय मातहत सञ्चालन हुने सशस्त्र प्रहरी बलको भूमिका अझै महत्वपूर्ण हुनेछ, मन्त्रालयमातहत रही परिचालन हुने सशस्त्र प्रहरी बलले प्रदेश सरकार, स्थानीय सरकार र अन्य सुरक्षा निकायसँग समन्वय गरी कार्य गर्नुपर्ने हुन्छ ।”

गृहमन्त्री थापाले सशस्त्रमा आवश्यक जनशक्ति थप गर्नका लागि गृह मन्त्रालयले जतिसक्दो चाँडो त्यससम्बन्धी आवश्यक नीति बनाउने तयारी गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ९ : २३ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय