सय देशसँग नेपालको व्यापार, भारतसँग सबैभन्दा धेरै व्यापारघाटा « Khabarhub

सय देशसँग नेपालको व्यापार, भारतसँग सबैभन्दा धेरै व्यापारघाटा


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारी तथ्याङ्कअनुसार नेपालले एकलाख रुपैयाँभन्दा बढीको कारोबार गरेका १ सय देशमध्ये सबैभन्दा धेरै व्यापारघाटा भारतसँग रहेको देखिएको छ ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिनामा भारतसँग मात्रै करिब ६७ अर्ब रुपैयाभन्दा बढीको व्यापारघाटा छ । त्यस्तै व्यापार हुने देशहरुमध्ये दोस्रो धेरै व्यापारघाटा रहेको देश चीन हो ।

चालू आर्थिक वर्षको पहिलो ५ महिनामा चीनसँग समेत १४ अर्ब रुपैयाँ व्यापारघाटा रहेको छ । तेस्रो धेरै व्यापारघाटा हुने देशको सूचीमा फ्रान्स छ । फ्रान्ससँग करिब १२ अर्ब रुपैया वैदेशिक व्यापारघाटा रहेको छ । तर अमेरिकासहित बेलायत, डेनमार्कलगाएतका १३ वटा देशसँग भने नेपालको आयातभन्दा बढी निर्यात रहेका कारण व्यापारघाटा छैन ।

तथ्याङ्कअनुसार अमेरिकासँग १ अर्ब, बेलायतसँग ७९ करोड, डेनमार्कसँग ११ करोड, नर्वेसँग ४ करोड, फिनल्याण्डसँग ५१ लाख ९६ हजार, लक्जेम्वर्गसँग ९० लाख, स्लोभाकियासँग ९१ लाख ५ हजार, क्रोयसियासँग १ करोड ४ लाख ३२ हजार, रुवाण्डासँग ९८ हजार, अफगानिस्तानसँग २ करोड, गीनिसँग ५५ लाख, ब्रुनाईसँग ३६ लाख, मोरक्कोसँग ९५ लाख, उरुग्वेसँग २९ लाख र दक्षिण एसियाली मुलुक माल्दिभ्ससँगको व्यापारमा ५ करोड ७३ लाख ६ हजार नाफा रहेको छ । नेपालबाट निर्यात हुने धेरैजसो सामानमा कार्पेट, टेक्सटाईल र कफी लगाएतका सामान छन् ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ७ : ०९ बजे

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित