लेओनेसासँग एथ्लेटिको मड्रिड स्तब्ध « Khabarhub

लेओनेसासँग एथ्लेटिको मड्रिड स्तब्ध


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एथ्लेटिको बिल्बाओ कोपा डेल रे फुटबलको अन्तिम ३२ बाटै बाहिरिएको छ ।

ला लिगा जाइन्ट एथ्लेटिको मड्रिड बिहीबार राति भएको खेलमा तेस्रो डिभिजनको क्लब क्लचरल लेओनेसासँग पराजित भयो ।

लेओनेसाले एथ्लेटिको मड्रिडलाई अतिरिक्त समयमा २–१ ले पराजित गरेको हो । ६२ औँ मिनेटमा एन्जल कोरियाले गोल गर्दै एथ्लेटिको मड्रिडलाई सुरुवाति अग्रता दिलाए । ८३ औँ मिनेटमा कास्तानेडाले लेओनेसाका लागि बराबरी गोल गरे ।

खेल अतिरिक्त समयमा धकेलियो । १०८ औँ मिनेटमा बेनितोले गोल गर्दै लेओनेसोलाई जित दिलाए । कोपा डेल रे फुटबलमा तल्लो डिभिजनको क्लबसँग एथ्लेटिको मड्रिड पराजित भएको सन् २०११ यता पहिलो पटक हो ।

बिहीबार राति नै भएका अरु खेलमा जित निकाल्दै लेगानेस, मिरान्डेस, सिडी बाडाजोज र रायो भालेकानो अन्तिम १६ मा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ७ : ३५ बजे

निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई

‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’

एजेन्सी– युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता मात्र