‘देशका लागि ज्यान दिने शहीदको योगदान तुलना नै हुँदैन’ « Khabarhub

‘देशका लागि ज्यान दिने शहीदको योगदान तुलना नै हुँदैन’


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हुकुमी शासन परिवर्तन गरेर प्रजातन्त्र स्थापना गर्न प्राणको बाजी मार्ने सहिदको योगदान कसैसँग तुलना हुन नसक्ने बताउँदै शहीद गंगालाल श्रेष्ठ र दशरथ चन्दको श्रद्धाञ्जली सभामा व्यवस्था परिवर्तनसँग स्वाधीनताको विकासमा चर्चा गरिएको छ ।

शहीद सप्ताह अन्तर्गत दशरथ चन्द र गंगालाल श्रेष्ठले अमरत्व प्राप्त गरेको काठमाडौंको शोभा भगवती मन्दिर नजिक विष्णुमती नदी किनारामा आयोजना गरिएको श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरुले शहीदको योगदानको तुलना नै हुन नसक्ने बताए ।

‘स्वतन्त्र मुलुकका स्वाधीन नागरिक भएको हेर्ने, जनतालाई रैतीबाट मालिक बनाउने लक्ष्य बोकेर प्राण आहुती दिएका शहीदले देखाएको बाटो हिँड्न सत्ता पक्ष र प्रतिपक्षमा बाँडिनु हुँदैन’ सांसद जीवनराम श्रेष्ठले भने, ‘महत्वपूर्ण निर्णय गर्ने बेलामा शहीदलाई सम्झिन सकियो भने मात्र पनि गलत ठाउँमा पुग्नबाट बचिन्छ । शहीदहरु दल विशेषका हुँदैनन् । उनीहरुको योगदान हरेक नागरिकका लागि हो ।’

त्यस्तै महानगरका प्रमुख एवं शहीद सप्ताह मुल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्यले प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा आवाज उठाउने शहीदलाई, सडक दुर्घटनामा ज्यान गुमाउनेलाई शहीद घोषणा गर्नु पर्ने मागबाट अलग्याएर हेर्न सक्नु पर्ने बताए ।

आफ्नो र अर्को होइन ठीक कि बेठीक भनेर निर्णय लिनसकेमात्र शहीदको सपना पूरा हुने शाक्यले बताए ।

श्रद्धाञ्जली सभामा बोल्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले राजनीतिक परिवर्तनका सृङ्खलाको चर्चा गर्दै, शहीदको स्थानलाई उत्कृष्ट बनाउन १९९७ सालमा बीरगति प्राप्त गर्ने सहिदहरुको पूर्ण कदको शालिक बनाउन बडाअध्यक्षहरुलाई आग्रह गरिन् ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १२ : ०७ बजे

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा