प्रेम सम्बन्ध मजबुद बनाउन चाहनुहुन्छ ? यी उपाय अपनाउनुस् « Khabarhub

प्रेम सम्बन्ध मजबुद बनाउन चाहनुहुन्छ ? यी उपाय अपनाउनुस्


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

प्रेम एक अर्का प्रतिको लगाव र आकर्षण हो । प्रेम माया, स्नेहको डोरीमा अडिएको हुन्छ । बुवा आमाले छोरा छोरी र छोरा छोरीले बुवा आमा प्रति गर्ने प्रेमको कुनै दायरा हुँदैन । तर युवा युवती वा विपरितलिङ्गी बीचको प्रेममा धेरै कुराको दायरा रहेको हुन्छ । प्रेम एक अर्काको भवना बुझ्ने कडीसमेत हो ।

तर कहिलेकाँही एक अर्काको भावना नबुझ्दा प्रेममा समस्या देखा पर्छ ।

हरेक प्रेम सम्बन्धमा उतारचढाव आइरहेको हुन्छ । प्रेम आफैमा विना स्वार्थ चल्ने गर्दछ । तर कहिलेकाहीँ प्रेममा सुझबुझ र एक अर्काको भावना नबुझिदिँदा प्रेम टुट्ने गर्दछ ।

कतिपय अवस्थामा महिलाले पुरुषको र पुरुषले महिलाको भावना कस्तो हुन्छ भनेर नजान्नाले पनि प्रेममा दरार आउने गर्दछ । त्यसले प्रेममा हुनुहुन्छ भने यी कुराको जानकारी राखेमा तपाईको प्रेमी तथा प्रेमिकासँगको सम्बन्ध अझै सुमधुर हुने गर्दछ ।

१. सबै मानिसलाई आफ्नो बारेमा अरुले राम्रो भनिदिउन् भन्ने चाहना हुन्छ । अझ महिलामा यो चाहना बढी मात्रामा हुने गर्दछ । यस्तोमा तपाई प्रेमीकासँगको भेट वा कुराकानीमा सकेसम्म उनको बखान गर्न नछुटाउनुहोस् ।

२. हरेक प्रेमीका आफ्नो प्रेमीले आफूलाई स्वतन्त्रता दिउन् भन्ने चाहानछन् । उनिहरु आफ्नो बारेमा प्रेमी उदार हुन् भन्ने सोच्दछन् । तसर्थ आफ्नी प्रेमीकालाई कुनै कुरामा बन्देज वा प्रतिबन्ध नलगाउनुहोस् ।

३. अधिकाशं महिलालाई साना कुराले पनि निकै प्रभाव पार्दछ । उनिहरु आफ्नो प्रेमीले प्रस्ताव गरेको, पहिलो पटक भेटेको लगायत अन्य दिनहरु सम्झिउन् भन्ने चाहान्छन् । तर पुरुष भने यस्ता मिति खासै ख्याल राख्दैनन् । जसले कहिलेकाहि तपाईको प्रेमिकाको मन खिन्न बनाउने गर्दछ ।

४. के तपाईले आफ्नो प्रेमिकालाई कहिल्यै सरप्राइज दिनु भएको छ । सरप्राइज दिन कुनै महंगो वस्तु वा उपलब्धि चाहिदैन । मात्र अरुले भन्दा फरक ढंगले उनलाई उपहार, कुनै निर्णय वा उपलब्धी सुनाउनु भयो भने यसले उनलाई सरप्राइज दिन सक्छ ।

५. कहिल्यै पनि आफ्नो प्रेमिकालाई अन्य महिला वा पूर्व प्रेमिकासंग तुलना नगर्नुहोस् । यसरी तुलना गर्नाले उनिहरु तपाईको नजरमा आफ्नो स्थान कम वा अरुको बढि छ भन्ने ठान्दछन् । तसर्थ कहिल्यै पनि प्रेमिकालाई कोहि कसैसंग तुलना नगर्नुहोस् ।

६. प्रेम भनेको भावनामा निर्भर रहने गर्दछ । तर कतिपय अवस्थामा यसलाई प्रकट वा देखिने गरी बुझाइनु समेत पर्दछ । तसर्थ हरेक महिला आफ्नो प्रेमीले आफुहरु बिचको प्रेम प्रकट गरुन् वा देखाउन् भन्ने चाहान्छन् । जसले उनीहरु आफ्नो पुरुषका लागी महत्वपुर्ण छु भन्ने ठान्दछन् ।

७. हरेक महिला आफ्नो प्रेमीले सघाउन् वा साथ दिउन् भन्ने चाहान्छन् । कार्यालयको काम, शैक्षिक बिषय वा घरायशि बिषयमा पनि प्रेमीको साथ होस् भन्ने उनीहरुको चाहाना हुन्छ । यसतोमा सघाउने वा साथ दिनाले तपाईकी प्रेमिका तपाई प्रति निकै सकारात्मक बन्ने गर्दछिन् ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ५ : ०२ बजे

अब मौन व्रत तोड्नुपर्ने अवस्था आयो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले दिएको म्यान्डेडअनुसार ठिक

नेपालले दिएको २९० रनको लक्ष्य पछ्याएको यूएईको इनिङ संकटमा

काठमाडौं- नेपालले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको यूएईको

डोजर अभियानलाई जेन-जी मुभमेन्टले भन्यो- अमानवीय र जनविरोधी, प्रधानमन्त्री बालेनमाथि प्रश्न

काठमाडौं- जेन-जी मुभमेन्ट नेपालले सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानप्रति कडा

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

कास्की– पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने

काठमाडौं– के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रहरीलाई सवारी चालक अनुमति