मनि ट्रान्सफरबाट पैसा चोर्ने दुई जना इरानी पक्राउ « Khabarhub

मनि ट्रान्सफरबाट पैसा चोर्ने दुई जना इरानी पक्राउ


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनि ट्रान्सफरबाट पैसा चोर्ने दुई जना इरानी पक्राउ परेका छन् । ताहाचलमा रहेको प्राश्‍ना मनि ट्रान्सफरबाट पैसा चोरेका उनीहरुलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले इरानी नागरिक अलि मलेकी र भाहिद अजिमिक हामलाई पक्राउ गरेको हो । डलर साट्ने निहुँ गरेर उनीहरुले माघ ६ गते मनि ट्रान्सफरबाट ६६ हजार रुपैयाँ चोरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार माघ ६ गते उनीहरुले ताहाचलमा रहेको प्राश्‍ना मनि ट्रान्सफरबाट कर्मचारीलाई झुक्याएर ६६ हजार रुपैयाँ चोरेका थिए ।

उनीहरुले पैसा चोरेको सीसीटीभीमा कैद भएको थियो । त्यसकै आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा इरानी नागरिक मलेकी ६ पटक र भाहिद दुई पटक नेपाल आएर फर्किएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठमेलको एक होटलमा बसेका उनीहरु ६ गते एक स्कूटर लिएर ताहाचलमा रहेको प्राश्‍ना मनि ट्रान्सफर पुगेका थिए । उक्त मनि ट्रान्फरमा रहेकी कर्मचारीलाई डलर साट्ने भन्दै उनीहरुले एक सय डलर काउन्टरमा राखे ।

महिला कर्मचारीसँग नेपाली पैसा कस्तो हुन्छ भन्दै उनीहरुले प्रश्न गरेपछि ति महिला कर्मचारीले उनीहरुलाई हजारको एक बण्डल देखाइन् । पैसा समाएर पल्टाउँदै गरेका उनीहरुले फेरि पाँच सयको नोट बारे प्रश्न गरे ।

उनले पाँच सयको नोटको एक वण्डल पनि दिइन् । त्यसैबीचमा उक्त दुई बण्डलबाट उनीहरुले ६६ हजार निकाले । उनीहरु गएपछि जब ती महिला कर्मचारीले पैसा गनिन् त्यहाँ बाट पैसा चोरी भएको थियो । त्यसपछि मनि ट्रान्फर सञ्चालक प्रहरी कहाँ पुगेका थिए ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ६ : ३१ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग