निर्धारित मितिमै महाधिवेशन हुनुपर्छ : नेता कोइराला « Khabarhub

निर्धारित मितिमै महाधिवेशन हुनुपर्छ : नेता कोइराला


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्रको विवाद समाधान भएकाले तोकिएकै मितिमा महाधिवेशन हुने आशा पलाएको बताए ।

नेपाली कांग्रेस तनहुँद्वारा शनिवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी सभापति र वरिष्ठ नेताबीचको सहमतिले निर्धारित मितिमै महाधिवेशन हुने आशा जगाएको बताए ।

नेता कोइरालाले भने, “निर्धारित मितिमै महाधिवेशन सम्पन्न गराउनका लागि कार्यकर्ताले नेतृत्वलाई दबाब दिन आवश्यक छ ।”

पार्टीलाई बलियो बनाउन सबैलाई समेटेर अगाडि बढ्न र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) मा केही समस्या भए सुधार गरेर लैजानुपर्नेमा उनले आग्रह गरे ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ९ : ५५ बजे

वैचारिक आरोह अवरोह झेल्दै कम्युनिष्ट आन्दोलन

नेपालको कम्युनिष्ट आन्दोलन कुनै एक चरणको राजनीतिक अभ्यास होइन, दक्षिण

प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्यको शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक नयाँबजारस्थित

एमाले महाधिवेशन : उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक (सूचिसहित)

काठमाडौं- नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी छ

एमालेको प्रचार : कोही छाता डुलाउँदै, कोही बाजा बजाउँदै (तस्बिरहरू)

काठमाडौं–  नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको चौथो दिन आज भृकुटीमण्डपमा

प्रदीपको उपाध्यक्ष कोटामा कसलाई समेट्ने भन्ने विषयमा ओली र पोखरेल समूह छलफलमा

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको प्यानलबाट उपाध्यक्ष