बेन्टफोर्डलाई लेस्टर सिटीले हरायो « Khabarhub

बेन्टफोर्डलाई लेस्टर सिटीले हरायो


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लेस्टर सिटी एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ । चौथो चरण अन्तर्गत शनिबार राति भएको खेलमा लेस्टर सिटीले ब्रेन्टफोर्डलाई १–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा प्रिमियर लिग क्लब लेस्टर सिटीले च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई पराजित गरेर अघिल्लो चरणमा स्थान पक्का गरेको हो । लेस्टरको जितमा चौथो मिनेटमा केलिची इहिनाचोले गरेको गोल नै निर्णायक बन्यो ।

शनिबार राति नै भएको खेलमा हल सिटीलाई पराजित गरेर चेल्सीले पनि पाँचौँ चरणमा स्थान बनाएको छ । अवे मैदानमा भएको खेलमा चेल्सीले हल सिटीलाई २–१ ले पराजित गरेको हो ।

बर्नलीलाई २–१ ले पराजित गरेको नर्विच, मिलवाललाई २–० ले पराजित गरेको शेफिल्ड युनाइटेड बार्नेस्लीलाई ४–२ ले पराजित गरेको पोर्टस्माउथ तथा वेष्ट ह्यामलाई १–० ले पराजित गरेको वेष्ट ब्रोम पनि पाँचौँ चरणमा प्रवेश गरेका छन् ।

तर १–१ को बराबरी गरेलेका टोटनह्याम र साउथह्याम्पटन तथा कार्डिफ र रिडिङ एवम् गोलरहित बराबरी खेलेका न्यूक्यासल र अक्सफोर्ड युनाइटेड तथा कोवेन्ट्री र बर्मिङ्घमले पाँचौँ चरण प्रवेशका लागि रिप्ले खेल्नु पर्ने भएको छ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ७ : ४४ बजे

माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी

कैलाली– यहाँको कैलारी गाउँपालिका-५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट

जब सुदन गुरुङले भीमसेन थापालाई ‘मतियार’ भने…

काठमाडौं- गत भदौ २३ गते माइती घरबाट जेन-जी आन्दोलन सुरू

फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम

दमौली– फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

भारतमा निपाह बढ्दै गएपछि नेपालले जारी गर्‍यो आपतकालीन स्वास्थ्य निर्देशिका

काठमाडौं– भारतका केही राज्यमा निपाह भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा

रोहित शेट्टीको घरबाहिर मध्यरातमा चल्यो गोली

काठमाडौं– बलिउडका सफल फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घरबाहिर आइतबार