२१ गोल गरेर कीर्तिमान बनाउँदै रोबर्ट लेवान्डोस्की | Khabarhub Khabarhub

२१ गोल गरेर कीर्तिमान बनाउँदै रोबर्ट लेवान्डोस्की


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोबर्ट लेवान्डोस्कीले लगातार गोल गर्ने क्रम जारी राखेका छन् । जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले एफसी शाल्केलाई ५–० ले पराजित गर्ने क्रममा लेवान्डोस्कीले गोलको सुरुवात गरेका हुन् ।

घरेलु मैदानमा भएको खेलमा लेवान्डोस्कीले छैटौँ मिनेटमा गोल गर्दै बार्यन म्युनिखलाई सुरुवाति अग्रता दिलाए । उनले बुण्डेसलिगामा यो सिजन अहिलेसम्म २१ गोल गरिसकेका छन् ।

उनी लिगका सुरुका १९ खेलमा २१ गोल गर्ने सन् सन् १९७२–७३ को सिजन यताका पहिलो खेलाडी हुन् । सो सिजनमा जेर्ड मुलरले यो कीर्तिमान बनाएका थिए ।

बार्यन म्युनिकका लागि पहिलो हाफको इन्जुरी समयमा थोमस मुलरले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसअघि मुलर र लेवान्डोस्कीले गरेको गोलले मान्यता पाएको थिएन । दोस्रो हाफमा बार्यनले थप तीन गोल गरेको हो ।

उसका लागि ५० औँ मिनेटमा गारेट्ज्का, ५८ औँ मिनेटमा थिएगो अल्कान्तारा तथा ८९ औँ मिनेटमा ग्नाब्रीले गोल गरेका हुन् । जितपछि दोस्रो स्थानको बार्यन म्युनिखको १९ खेलबाट ३९ अंक भएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ८ : ११ बजे

प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध कायमै

काठमाडौं– भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग

शहरी विकास मन्त्रालयअन्तर्गतका आयोजनाको मन्त्रालयबाटै अनुगमन गरिने

काठमाडौं– शहरी विकास मन्त्रालयअन्तर्गतका प्राथमिकता प्राप्त आयोजनाहरूको मन्त्रालयबाटै अनुगमन गर्न

संसद्‌मा उठ्यो लिपुलेक प्रकरण : चीन र भारतसँग वार्ता गर्न सरकारलाई सुझाव 

काठमाडौं– सत्तारूढ नेकपा (एमाले)ले भारत र चीनले नेपाली भूमि लिपुलेक

ट्रम्पको कर दबाब : जयशङ्करद्वारा रूसी कम्पनीहरूलाई भारतसँग ‘अझ गहन’ संलग्न हुन आग्रह

मस्को- अमेरिकाले भारतमा ५० प्रतिशत कर लगाएको परिस्थितिमा भारतीय विदेशमन्त्री