अग्नि सापकोटाविरुद्ध दायर रिटको सुनुवाई स्थगित « Khabarhub

अग्नि सापकोटाविरुद्ध दायर रिटको सुनुवाई स्थगित


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाको सभामुख निर्वाचित हुने प्रक्रियामा रहेका सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटका लागि आइतबार तोकिएको पेशी हेर्न नमिल्ने भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उम्मेदवारका रुपमा आज (आइतबार) बस्ने प्रतिनिधि सभाको बैठकबाट सभामुख चयन हुने प्रक्रियामा रहेका सापकोटालाई सभामुख चयन नगर्ने गरी आदेश जारी गर्न माग गर्दै शुक्रबार दायर भएको रिटको सुनुवाईका लागि आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयालको (६ नम्बर) इजलाशमा पेशी तोकिएको थियो ।

फुयाल अधिवक्ताको रुपमा रहँदा सापकोटा विरुद्ध नै परेको मुद्दाको पक्ष (सापकोटाको विपक्ष)मा बहस गरेका कारण उनले उक्त मुद्दा हेर्न नमिल्ने भएको छ । न्यायाधीश फुयालले हेर्न नमिल्ने भएसँगै सापकोटाविरुद्ध दायर रिटमाथि आइतबार हुने सुनुवाई स्थगित भएको छ ।

न्यायाधीश फुयालले अधिवक्ता हुँदा सुशील प्याकुरलेसमेतले दायर गरेको रिटको पक्षबाट वकालत गरेका थिए । हालै राष्ट्रपतिको विज्ञ सल्लाहकारबाट राजीनामा दिएका प्याकुरेलले अदालतको अवहेलना गरेको भन्दै सापकोटालाई विपक्षी बनाएर २६ चैत २०७२ मा सर्वोच्च अदालतमा रिट समेत दायर गरेका थिए ।

सर्वोच्च अदालत स्रोतका अनुसार उक्त रिटमाथिको सुनुवाईका लागि सोमबार अर्को पेशी तोकिने छ ।

संघीय संसद सचिवालयद्वार जारी सभामुख निर्वाचन प्रक्रियाअन्तर्गत सापकोटा सम्भवतः आइतबार नै सभामुखमा निर्वाचित भएको घोषणा हुँदैछ ।

संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार आज (आइतबार) नै बस्ने प्रतिनिधि सभा बैठकबाट सभामुख निर्वाचित भएको घोषणा गर्ने कार्यसूची छ । प्रतिनिधि सभाको सभामुखका लागि नेकपाबाट सापकोटाको एकल उम्मेदवार परेको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ११ : ०४ बजे

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

काठमाडौं–  सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२-८३ मा सातवटा मुद्दा

२६ दिनमा सोनम वाङ्चुकले तोडे अनसन

काठमाडौँ – भारतमा प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर विगत

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ)र अवैधानिक वित्तीय कारोबार

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

काठमाडौं– नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर

भारतको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

काठमाडौँ – नेपाली चलचित्रका चर्चित अभिनेता नाजिर हुसेनले दिल्लीस्थित इन्दिरा