अग्नि सापकोटाविरुद्ध दायर रिटको सुनुवाई स्थगित | Khabarhub Khabarhub

अग्नि सापकोटाविरुद्ध दायर रिटको सुनुवाई स्थगित


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाको सभामुख निर्वाचित हुने प्रक्रियामा रहेका सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटका लागि आइतबार तोकिएको पेशी हेर्न नमिल्ने भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उम्मेदवारका रुपमा आज (आइतबार) बस्ने प्रतिनिधि सभाको बैठकबाट सभामुख चयन हुने प्रक्रियामा रहेका सापकोटालाई सभामुख चयन नगर्ने गरी आदेश जारी गर्न माग गर्दै शुक्रबार दायर भएको रिटको सुनुवाईका लागि आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयालको (६ नम्बर) इजलाशमा पेशी तोकिएको थियो ।

फुयाल अधिवक्ताको रुपमा रहँदा सापकोटा विरुद्ध नै परेको मुद्दाको पक्ष (सापकोटाको विपक्ष)मा बहस गरेका कारण उनले उक्त मुद्दा हेर्न नमिल्ने भएको छ । न्यायाधीश फुयालले हेर्न नमिल्ने भएसँगै सापकोटाविरुद्ध दायर रिटमाथि आइतबार हुने सुनुवाई स्थगित भएको छ ।

न्यायाधीश फुयालले अधिवक्ता हुँदा सुशील प्याकुरलेसमेतले दायर गरेको रिटको पक्षबाट वकालत गरेका थिए । हालै राष्ट्रपतिको विज्ञ सल्लाहकारबाट राजीनामा दिएका प्याकुरेलले अदालतको अवहेलना गरेको भन्दै सापकोटालाई विपक्षी बनाएर २६ चैत २०७२ मा सर्वोच्च अदालतमा रिट समेत दायर गरेका थिए ।

सर्वोच्च अदालत स्रोतका अनुसार उक्त रिटमाथिको सुनुवाईका लागि सोमबार अर्को पेशी तोकिने छ ।

संघीय संसद सचिवालयद्वार जारी सभामुख निर्वाचन प्रक्रियाअन्तर्गत सापकोटा सम्भवतः आइतबार नै सभामुखमा निर्वाचित भएको घोषणा हुँदैछ ।

संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार आज (आइतबार) नै बस्ने प्रतिनिधि सभा बैठकबाट सभामुख निर्वाचित भएको घोषणा गर्ने कार्यसूची छ । प्रतिनिधि सभाको सभामुखका लागि नेकपाबाट सापकोटाको एकल उम्मेदवार परेको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ११ : ०४ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको