१३३ मनोरोगीको नि:शुल्क उपचार | Khabarhub Khabarhub

१३३ मनोरोगीको नि:शुल्क उपचार


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चन्द्रौटा– कपिलवस्तुको शिवराज नगरपालिका–१ शिवपुरमा आयोजना गरिएको निःशुल्क मनोरोगसम्वन्धि शिविरमा १ सय १३ जना लाभान्वित भएका छन् ।

मेनिरोल नेपाल आशादिप तथा शिवपुर स्वास्थ्य चौकीको आयोजनामा भएको उक्त शिविरमा नशा, टाउको तथा मनोरोगवाट ग्रसित बनेका बिरामीले उपचार गराएका थिए ।

पछिल्लो समयमा विभिन्न कारणले मानिस डिप्रेसनजस्ता समस्याले परिवार तथा समाजलाई असर परेकाले यसलाई समयमै स्वास्थ्यकर्मीबाट सल्लाह लिनुपर्ने प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य अर्जुन केसीले बताए ।

मनोरोग विशेषज्ञ डा राजेश श्रेष्ठले उपचार गरे मनोरोग निको हुने दाबी गरे । समाजमा झारफुक गरे ठीक हुन्छ भन्ने अन्धविश्वास रहेकोले यसलाई निरुत्साहित गर्नुपर्ने डा श्रेष्ठको भनाइ छ ।

मृगी, डराउने, डिप्रेसन हुनेजस्ता बिरामीको सङ्ख्या बढी रहेकाले यसबाट मुक्त हुन आफ्नो ब्यवहारसमेत परिर्वतन गर्नुपर्ने उनको भनाइ छ ।

शिवरपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले १ सय १३ मध्ये ३४ जनालाई उपचारका लागि अन्य ठाउँ जान सुझाव दिइएको बताए ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १ : ४७ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा